site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
बेलायती प्रधानमन्त्रीको राजीनामा माग
Siddhartha BankSiddhartha Bank

लन्डन । बेलायती गृहमन्त्री प्रीति पटेल र कन्जरभेटिभ पार्टीका अन्य सांसद्हरूले बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको राजीनामा माग गरेका छन् । "गृहमन्त्री प्रीति पटेलले जोन्सनलाई कन्जरभेटिभ पार्टीको सामान्य धारणा भनेको नै उनको बहिर्गमन हो," भनेको  सीएनएनले स्रोतलाई उद्धृत गर्दै उल्लेख गरेको छ  ।

त्यसैगरी, बेलायतका स्वास्थ्यमन्त्री साजिद जाविद र एक्सचेकरका चान्सलर ऋषि सुनक जस्ता प्रमुख व्यक्तिहरूसहित लगभग ३० बेलायती सरकारी अधिकारीहरूले हालैका पूर्व उपप्रमुख सचेतक क्रिस्टोफर पिन्चरको घोटाला काण्डलाई लिएर आफ्नो राजीनामा बुझाइसकेका छन् । यद्यपि, जोनसनले सांसदहरूलाई भनेका छन्- "कठिन परिस्थितिमा प्रधानमन्त्रीको काम प्राप्त जनादेशको सम्मान गर्नु हो र म त्यही गर्न गइरहेको छु ।"

Prabhu Bank
Agni Group
NIC Asia

उनका एक प्रमुख सहयोगी माइकल गोभले प्रधानमन्त्रीलाई एक निजी भेटमा पनि राजीनामाका लागि सुझाएको बुझिएको छ ।   

बेलायतका महान्यायाधिवक्ता सुएला ब्रेभरम्यानले जोनसनलाई राजीनामा दिन आह्वान गरेका छन् । यो सँगै बेलायतको राजनीतिक अस्थिरतको सरगर्मी बढ्न लागेको संकेत देखिएको छ ।  

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २३, २०७९  १५:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय