site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेस पदाधिकारी बैठक : निर्वाचन कानुन मस्यौदाबारे छलफल
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठकमा निर्वाचन कानुन मस्यौदाबारे छलफल भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो बसेको पार्टी पदाधिकारी बैठकमा निर्वाचन आयोगले पठाएको कानुन मस्यौदाबारे छलफल भएको हो ।

उमेदवारी दर्ता हुनेदेखि मतगणनाका लागि गरिने व्यवस्थालाई समावेश गरेर निर्वाचन आयोगले प्रस्ताव गरेको विधेयकको बारेमा प्रारम्भिक छलफल भएको पार्टीका सहमहामन्त्री बद्री पाण्डेले राससलाई जानकारी दिए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

पार्टीले सो मस्यौदा र भ्रातृ एवं शुभेच्छुक संस्थाको बारेमा छलफल गर्न पार्टीका केन्द्रीय सदस्य रमेश लेखक, मीन विश्वकर्मा र पुष्पा भुसाललाई जिम्मेवारी दिएको छ ।

बैठकमा म्याद सकिएका पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाले मान्यता पाऊँ भनी पार्टीमा दिएको निवेदनका बारेमा पनि छलफल भएको सहमहामन्त्री पाण्डेले बताए ।

Royal Enfield Island Ad

“पार्टीको भ्रातृ तथा शुभेच्छुक संस्थाको मान्यताको बारेमा अब बस्ने केन्द्रीय समितिको बैठकमा कसरी छलफल गराउने भन्ने बारेमा पदाधिकारी बैठकमा छलफल भएको छ,” उनले भने ।

आगामी बैठक आगामी असार २६ गते आइतबार बस्ने जनाइएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २१, २०७९  २१:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro