site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
रामेछाप दुर्घटना : मृतकको संख्या १३ पुग्यो, २१ जना घाइते

काठमाडौं । रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ को सीमानामा पर्ने मोडमा भएको बस दुर्घटनामा मृतकको संख्या १३ पुगेको छ । दुर्घटनामा अन्य २१ जना घाइते भएका छन् ।

दुर्घटनामा चारजना महिला र पाँचजना पुरुष गरी ९ जनाको घटनास्थलमै मृत्यु भएको हो । यस्तै, तीनजना पुरुष र एकजना महिला गरी चारजनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

घाइते भएका २१ जनामध्ये १८ जनालाई एम्बुलेन्सबाट र तीनजनालाई हेलिकप्टरबाट धुलिखेल अस्पताल ल्याइएको छ । एकजनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ । 

सुनापती हिलेदेवीबाट काठमाडौंका लागि छुटेको बा ३ ख ८३९६ नम्बरको बस सडकबाट करिब ३५ मिटर तल खसेको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, असार २१, २०७९  १७:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro