site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भारतमा 'काली'ले चुरोट पिइरहेको चलचित्र पोस्टरको विरोध 
SkywellSkywell

नयाँ दिल्ली । हिन्दूकी देवी कालीको पहिरनमा रहेकी एक महिलाले चुरोट पिइरहेको देखाइएको फिल्मको एउटा पोस्टरले भारतमा जनआक्रोश फैलाएको छ । निर्देशक लिना मणिमेकलाइले शनिबार आफ्नो नयाँ चलचित्र ‘काली’को यस्तो विवादास्पद पोस्टर ट्विट गरेकी थिइन् । 

उनले यसलाई ‘प्रदर्शन वृत्तचित्र’को संज्ञा दिएकी थिइन् । पोस्टर सार्वजनिक गरिएयता आक्रोशित हिन्दूहरूबाट सयौँ प्रतिक्रिया व्यक्त भइसकेका छन् । 

Dabur Nepal
NIC Asia

हिन्दूहरूले निर्देशक लिनाले आफूहरूको धार्मिक आस्थामा चोट पु¥याएको आरोप लगाएका छन् । संहारकी हिन्दू देवी कालीको करोडौँ मानिसले पूजाअर्चना गर्ने गरेका छन् । अधिकांश मानिसले लिनाको गिरफ्तारीका लागि आवाज उठाइरहेका बेला सोमबार उनको नाम भारतको सामाजिक सञ्जालमा ट्रेन्ड भएको छ । 

हाल क्यानडामा अध्ययन गरिरहेकी उनले बीबीसीलाई भनेकी छन्, “मैले चलचित्रमा देखाएको देवीले ‘मानवताको रक्षा र विविधतालाई अंकमाल गर्दछ’ । एक कवियत्री र चलचित्र निर्मात्रीको हिसाबले मैले कालीलाई आफ्नो स्वतन्त्र परिकल्पनामार्फत प्रस्तुत गरेकी छु ।”

भारतमा स्क्रिनमा धार्मिक स्वरूपहरू प्रस्तुत गर्नु एउटा संवेदनशील विषय हो । सन् २०१५ मा भारतको सेन्सर बोर्डले बलिवुड चलचित्र ‘एंग्री इन्डियन गडेस’का थुप्रै दृश्य काट्न माग गरेको थियो । सो चलचित्रमा थुप्रै देवीका तस्बिरहरू देखाइएको थियो । अन्य थुप्रै चलचित्र निर्माता र कलाकारहरूले पनि आफ्ना चलचित्रमा धार्मिक विषयवस्तु वा सन्दर्भहरू चित्रण गरेका कारण विरोधको सामना गर्नु परेको छ । 

भारतमा अहिले एकजना राजनीतिज्ञले मुस्लिम समुदायको आस्था पैगम्बर मोहमदबारे आपत्तिजनक अभिव्यक्ति दिएका कारण मुस्लिमहरूबाट विरोध प्रदर्शन भइरहेका छन् ।

बीबीसीबाट । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २०, २०७९  २२:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu