site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
उद्याेग, कलबारखानाकाे सट्टा सांसद र मन्त्रीहरूकाे कारखाना खाेलियाे : चित्रबहादुर केसी
Siddhartha BankSiddhartha Bank

बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राज्य सञ्चालक गलत हुँदा देशले समस्या भोग्नु परेको बताएका छन् ।  

अहिलेसम्मका राज्य सञ्चालकले देश र जनताको पक्षमा काम गर्न नसकेको बताउँदै आफूलाई ठूलो दलको नेता हुँ भन्नेहरूले राजनीतिलाई व्यवसाय बनाएर ठूलो धनराशी कमाउँदा देश संकटको अवस्थामा पुगेको अध्यक्ष केसीको भनाइ छ ।

Agni Group
NIC Asia

राजनीति सेवा नभएर पैसा आर्जन गर्ने व्यवसाय बनाउँदै सत्तामा बस्ने सीमित मान्छेका कारण देशको अवस्था बिग्रँदै गएको केसीले बताए । उद्योग धन्दा, कलकारखाना खोलेर भन्दा ठूला पार्टीमा लागेर सांसद, मन्त्री भएपछि छिटो पैसा कमाइने भएकाले आफूहरूलाइ ठूलो पार्टीको नेता हुँ भन्ने बाटै देश कसले लान्छ भन्ने डर भएको बताए । 

अध्यक्ष केसीले तिनै ठूला दलमा लागेर राजनीतिलाई व्यवसाय बनाउनेहरूबाटै गणतन्त्र र राष्ट्रियता खतरामा रहेको आरोप लगाए । राष्ट्रिय जनमोर्चा रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको महँगी, भ्रष्टाचारविरुद्वको कोणसभामा बोल्दै राज्यले महँगी, भ्रष्टाचार, कालोबजारी र महिला हिंसा लगायत अपराधजन्य हिंसाको नियन्त्रण गर्न नसकेको बताए। 

Global Ime bank

उनले उद्योग, कलकारखाना खोल्ने बेला सांसद र मन्त्रीहरूको कारखाना खोलिएको बताए । एउटा देशलाई फुटालेर आठवटा देश बनाउनेहरूका कारण देश पछाडि परेको उल्लेख गर्दै केसीले एउटा देशका सांसद र मन्त्री पाल्न नसकेको देशले प्रदेश धान्न नसक्ने बताए ।

प्रदेश खारेज गरेर प्रदेश चलाउने पैसा शिक्षा, स्वास्थ्य र उद्योग कलकारखाना सञ्चालनमा लगानी गर्नुपर्ने उनकाे भनाइ छ । अध्यक्ष केसीले किसानलाई चाहिने मल, बिउ र रोजगारमूलक उद्योग, कलकारखाना नखोल्दासम्म देशले निकास पाउन नसक्ने बताए । कृषि प्रधान देश नेपालका किसानहरूले खेतीपाती गर्दा मल, बिउ नपाउनु दुःखद् पक्ष भएको बताउँदै सरकारले कृषिमा ध्यान दिनै नसकेको दाबी गरे । 

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केसीले गलत मान्छेलाई भोट नदिन आग्रह गर्दै भोट दिँदा त्यो पार्टीको नीति, सिद्धान्त र कार्यक्रम बुझेर भोट दिनुपर्ने बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २०, २०७९  १९:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu