site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
अर्थमन्त्रालयले सीसीटीभी फुटेज डिलिट गरेर गम्भीर घोटाला भएकाे पुष्टि गर्‍यो : प्रदीप ज्ञवाली
फाइल तस्बिर : एमाले उपमहासचिव प्रदीप ज्ञवाली ।
Siddhartha BankSiddhartha Bank

काठामडौं । बजेट निर्माणको बेलाको सीसीटीभी फुटेज डिलिट गरेर अर्थमन्त्री जनार्दन शर्माले ठूलै आर्थिक चलखेल गरेको प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले आरोप लगाएका छन् । 

उपमहासचिव ज्ञवालीले बजेट बनाउने बेलामा अनधिकृत व्यक्तिको प्रवेश गराएको सरकारले त्यसको सीसीटिभी फुटेज डिलिट गराएर अर्को जघन्य अपराध गरेको दाबी गरे । 

Agni Group
NIC Asia

सोमबार संसद भवन परिसरमा पत्रकारहरूमाझ उनले सो घटनाको सीसीटिभी फुटेज डिलिट भएको भनेर अर्थ मन्त्रालयले त्यसमा गम्भीर घोटाला भएको आफैँले पुष्टि गरेको जिकीरसमेत गरे । 

“यो फुटेज डिलिट भएको भन्ने तथ्यहरू बाहिर ल्याएर वास्तवमा यसमा गम्भीर घोटाला भएको छ भन्ने, गम्भीर अनियमितता भएको छ भन्ने तथ्य चाहिँ स्वयं अर्थ मन्त्रालयले पुष्टि गरेको छ,” उनले भने, “यदि यस्तो थिएन भने ऊ आफैं यति गम्भीर विषयहरू उठिसकेपछि फुटेज सार्वजनिक गरेर यस सम्बन्धी उठेका अन्यौलहरूलाई क्लिएर गर्नेतिर लाग्दथ्यो । त्यसो भएर एउटा बदमासीलाई ढाकछोप गर्नका लागि अर्को बदमासी पनि गरिएको छ । जुन अक्षम्य हो भन्ने हाम्रो मान्यता छ ।”

Global Ime bank

उपमहासचिव ज्ञवालीले सो घटना अक्षम्य अपराध भएको उल्लेख गर्दै त्यसमा संलग्न अर्थमन्त्री शर्मासहितलाई तत्काल छानबिन गरी कारबाहीको दायरामा ल्याउनुपर्ने आफ्नो पार्टीको अडान रहेको पनि स्पष्ट पारे । 

उपमहासचिव ज्ञवालीले बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर जघन्य अपराध गरेको सरकारले त्यसको प्रमाण नै नष्ट हुने गरी सिसीटिभी फुटेज पनि डिलिट गरेको बताउनु भयो । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २०, २०७९  १८:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय