बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले गृह जिल्ला रुपन्देही आएर बुटवल-सैनामैना जोड्ने दानव नदी पुल (कर्साघाट) को उद्घाटन गरेका छन् ।
बुटवल-१५ र सैनामैना-१ लाई जोड्नेगरी १२७ मिटर लामो पुलको एमाले उपाध्यक्ष पौडेलले उद्घाटन गरेका हुन् । ११ मिटर चौडा रहेको उक्त पुल ३ वटा स्ल्याबमा पाइल फाउन्डेसन प्रविधिमा निर्माण गरिएको हो ।
संघीय सरकारको लगानीमा २०७४ असार २९ गते कार्य सम्झौता भएको यो आयोजनाको कोरोना महामारीले असर गर्दा २०७८ पौष ३० गते पुन म्याद थप गरिएको थियो । कुल १६ करोड ६० लाख ४७३ लागत अनुमान गरिएको योजनाका लागि अर्घाखाँची र बाबुल जेभीसँग १३ करोड ९० लाख ३६ हजार ८०९ रुपैयाँमा ठेक्का सम्झौता भई काम सम्पन्न भएको थियो ।
उद्घाटन गर्दै उपाध्यक्ष पौडेलले कुनै पनि दलको राजनीतिक स्वार्थले विकास निर्माणको काममा अबरोध हुन नहुने उनले बताए । बुटवलको तिनाउ–दानव करिडोरमा यस्तै प्रकारको राजनीति भएको दृष्टान्त प्रस्तुत गर्दै उनले यहाँका सबै नागरिकले माग गरेर मात्र यो आयोजा बनाएको दाबी गरे ।