site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लाइभ दोहोरीमा अश्लील, छाडा शब्द प्रयोग गर्नेलाई प्रतिष्ठानले भन्यो– अब यसो नगर्नू 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले लाइभ दोहोरीमा अश्लील तथा छाडा शब्द प्रयोग गर्ने गायक/गायिकालाई सचेत गराएको छ । 

प्रतिष्ठानले आज ‘लोकदोहोरी गीतको सुन्दरता, शिष्टता र शुद्धता’ विषयक एक दिवसीय वृहद छलफल एवं प्रतिबद्धता कार्यक्रम आयोजना गरी अश्लील तथा छाडा शब्द प्रयोग गरी लाइभ लोकदोहोरी गाउने गायक/गायिकालाई सचेत गराएको हो । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

प्रतिष्ठानले करिब डेढ दर्जन कलाकारलाई सचेत गराएको हो । छलफल कार्यक्रममा बोलाएर लोक गीतको शिष्टता र मर्यादा कायम राख्न प्रतिष्ठानले आग्रह गरेको हो । छलफलमा सहभागी भएका गायक/गायिकाले आउँदा दिनमा छाडा, अश्लील तथा दोहोरो अर्थ लाग्ने शब्द प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन् । 

“जसले छाडा, अश्लील तथा दुई अर्थ लाग्ने शब्द प्रयोग गरेर लाइभ दोहोरी गाउनु भएको थियो, उहाँहरूलाई हामीले बोलाएका थियौं,” छलफलमा सहभागी प्रतिष्ठानका पूर्व अध्यक्षसमेत रहेका दुर्गा रायमाझीले भने, “छलफलमा आउनु भएका गायक/गायिकाहरूले आउँदा दिनमा त्यस्ता शब्द प्रयोग गरेर दोहोरी नगाउने प्रतिबद्धता जनाउनु भएको छ ।” 

Royal Enfield Island Ad

कलाकारलाई नत्थी लगाएर राख्नुपर्ने ?

संस्थागत आग्रहलाई नजरअन्दाज नगर्ने प्रतिबद्धता संबन्धित व्यक्तिले नै गरेकाले आउने दिनमा लाइभ दोहोरीप्रति अस्लिल र छाडा भएको गुनासो नआउने प्रतिष्ठानले विश्वास लिएको रायमाझीले बताए । अश्लील, छाडा तथा दुईअर्थी शब्द प्रयोग गरेको आरोप लागेका केही कलाकार भने बोलाउँदा पनि छलफलमा उपस्थित नभएको उनले जानकारी दिए । 

पछिल्लो समय लाइभ दोहोरीका नाममा युट्युबमा भ्युजको लोभले केही गायक/गायिकाले अश्लील, छाडा तथा दुईअर्थी शब्द प्रयोग गरेको आरोप लाग्दै आएको छ । यस्तो आरोप आएपछि बेलाबेलामा प्रतिष्ठाले विज्ञप्ति जारी गरेर तथा व्यक्तिगत रुपमा स्पष्टीकरण सोधेर यसको न्यूनीकरणको प्रयास गर्दै आएको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १९, २०७९  २१:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro