देश
काठमाडौं । भारत सरकारले नेपाललाई ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार दिएको छ । आज भारतीय दूतावासले बस र एम्बुलेन्स शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई हस्तान्तरण गरेको हो ।
स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गरिरहेका विभिन्न सरकारी, गैरसरकारी तथा गैर नाफामूलक संस्थाहरूलाई एम्बुलेन्स र बस उपहारस्वरूप उपलब्ध गराइएको दूतावासले जनाएको छ ।
भारतले सन् १९९४ यता नेपालका विभिन्न जिल्लामा रहेका संस्थाहरूलाई ९४० वटा एम्बुलेन्स र १८४ वटा विद्यालय बस उपहारस्वरूप दिइसकेको छ ।
प्रकाशित मिति: आइतबार, असार १९, २०७९ १७:२७
प्रतिक्रिया दिनुहोस्