site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
पार्टी घोषणाको चार दिनमै किन निकालिए वामदेव ?
Siddhartha BankSiddhartha Bank

 काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम पार्टीबाट निष्कासित भएका छन् ।

पार्टीमा आबद्ध समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी) र आम नेपाली पार्टीका अध्यक्षहरूले गौतमलाई निष्कासन गरेको नेता युवराज सफलले जानकारी दिए ।

“एमालेमा ओलीजीले पेलेजस्तो उहाँले पनि पेल्नुभयो । हामी एकपटक छलफल गरौँ भन्दा हतारहतार पदको बार्गेनिङ गर्न जाने र उहाँहरूको पूर्वएकता टिमलाई नै कमिटीमा राख्ने व्यवहार गर्नुभयो । एकपटक बसेर छलफल गरौँ भन्दा उहाँले अहिले भेट्दिनँ भन्नुभयो । वरीयता निर्धारण गर्नु भएन । त्यसपछि आज हामीले उहाँलाई निष्कासन गर्ने निर्णय गर्‍यौँ,” उनले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

शनिबार राजधानीको एक पार्टी प्यालेसमा बसेको उक्त चार पार्टीको शीर्ष नेताको बैठकले गौतमलाई निष्कासन गरी सफलको संयोजकत्वमा सचिवालय समिति गठन गरिएको छ ।

११ सदस्यीय सचिवालयमा कृष्णगोपाल बञ्जरा, मीननाथ देवकोटा, नीलकण्ठ पौडेल, द्वारिका निरौला मानव, गुणबहादुर बञ्जरा, भरत कुमाल, भगवती ढकाल, सरस्वती न्यौपाने, तेजबहादुर कार्की र रोशन लामिछाने रहेका छन् । उनीहरूले गौतमलाई पाँचबुँदे आरोप लगाएका छन् ।

Global Ime bank

गौतमले यही असार १४ गते काठमाडौंको रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर पार्टी घोषणा गरेका थिए । उनी चार दिनमै पार्टीबाट निष्कासित भएका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १९, २०७९  ०५:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय