राजनीति
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसित नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गरेका छन् । शनिबार साँझ शिष्टाचार भेटका निम्ति राजदूत श्रीवास्तव नेपालको निवास कोटेश्वर पुगेका हुन् ।
भेटमा नेपाल भारत–सम्बन्धलगायत विविध विषयमा कुराकानी भएको अध्यक्ष नेपालले जानकारी दिए ।
“उहाँलाई नेपालमा स्वागत गर्दै उहाँको सफल कार्यकालका लागि शुभकामना व्यक्त गरियो । भेटमा नेपाल भारत–सम्बन्ध र अहिले हाम्रो समाजमा भोगिएको समस्याका विविध विषयमा कुराकानी भयो,” उनले फेसबुकमा लेखेका छन् ।
प्रकाशित मिति: शनिबार, असार १८, २०७९ १९:१४
प्रतिक्रिया दिनुहोस्