site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कानुन शिक्षा नै कानुनी शासन स्थापनाको आधार : राष्ट्रपति भण्डारी
Siddhartha BankSiddhartha Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले छुट्टै कानुन विश्वविद्यालय स्थापना गर्न कुनै कानुनी समस्या नहुने बताएकी छन् । शुक्रबार काठमडौंमा आयोजित नेपाल ल क्याम्पसको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले छुट्टै कानुन विश्वविद्यालय स्थापना गर्ने कुरामा कुनै कानुनी समस्या नहुने बताएकी हुन् ।

उनले अहिले कायम संरचना र अभ्यासबाट आगामी दिनमा मुलुकका लागि आवश्यक पर्ने कानुनी जनशक्ति विकास गर्न पर्याप्त नहुने बताइन् । राष्ट्रपति भण्डारीले मुलुकलाई आवश्यक नयाँ युगको नयाँ चुनौतीहरूको सामना गर्नसक्ने दक्ष कानुनी जनशक्ति उत्पादन गर्न आवश्यक भौतिक तथा संस्थागत पूर्वाधारहरूको विकास गर्दै कानुनी शिक्षालाई युगसापेक्ष बनाउँदै लैजानुपर्नेमा जोड दिइन् ।

उनले कानुन शिक्षालाई समय सापेक्ष, व्यवहारिक, अनुसन्धानमुलक, गुणस्तरीय र प्रतिष्पर्धी बनाउँदै लैजान आवश्यक रहेको बताइन् । कानुन शिक्षा नै कानुनी शासन स्थापनाको आधार भएको उनको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १७, २०७९  १५:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu