site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
बझाङमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु, ६ घाइते 
SkywellSkywell

धनगढी । बझाङको सुर्मा गाउँपालिका–२, रातोपडमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । ६ जना सामान्य घाइते भएका छन् ।

ट्याक्टरमा सवार स्थानीय २७ वर्षीय नरेश बोहराको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल बझाङमा मृत्यु भएको जनाइएको छ ।

Dabur Nepal
NIC Asia

चालक विमल बोहरासहित ६ जना घाइते भएका र उनीहरू जिल्ला अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज भइसकेका जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

गए राति करिब ९ बजे सुदूरपश्चिम प्रदेश ०२–००१ त १३०८ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खसेको प्रहरीले जनाएको छ । ट्याक्टर चालकलाई जिल्ला प्रहरी कार्यालय बझाङले नियन्त्रणमा लिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १७, २०७९  १०:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro