site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उपेन्द्र यादव र बाबुराम भट्टराईबीच मध्यरातमा वार्ता, अलग–अलग अघि बढ्ने समझदारी 
SkywellSkywell

काठमाडौं । जनता समाजवादी पार्टी फुटको संघारमा पुगेको छ । सो पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र उपेन्द्र यादवबीच गएराति अबेरसम्म वार्ता भएको थियो ।

वार्तामा दुवै नेता अब अलग अलग अघि बढ्ने समझदारी भएको थियो । सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले संघीय परिषद् अध्यक्ष डा. भट्टराई र आफूबीच अलग हुने समझदारी भएको पुष्टि गरे ।

KFC Island Ad
NIC Asia

बाह्रखरीसँगको कुराकानीमा बुधबार साँझ डेढघण्टासम्मको छलफलपछि अलग हुने समझदारीमा पुगेको जानकारी दिएका हुन् । 

“नयाँ शक्ति र संघीय समाजवादी फोरमबीच एकताबाट हामी एउटै पार्टी भएका थियौं । तर, दुइ पार्टी ‘एकोमोडेट’ हुन सकेन, केमेष्ट्री पनि मिलेन,” अध्यक्ष यादवले बाह्रखरीसँग भने, “त्यसैले हामी अलग भएर अघि बढ्ने समझदारीमा पुगेका छौँ ।” 
उनले पार्टी अलग हुँदा समझदारीमै भएको यो एउटा नयाँ प्रयोग भएको बताए । 

Royal Enfield Island Ad

“अब हामी अलग हुँदा एक अर्कालाई होच्याउने र कमजोरी बाहिर ल्याएर आफू ठिक थिएँ भन्ने अन्य दलका जस्ता अभ्यास गर्ने छैनौँ,” यादवले भने, “हामी दुवैले एक अर्काप्रति सम्मान र सदभाव राख्नेछौँ । सहयोग पुग्छ भने निर्वाचनमा एक अर्कालाई सहयोग गर्नेछौँ । राजनीतिक यात्रा भने अलग अलग पार्टीकै रुपमा गर्नेछौँ ।”

उनले भविष्यमा पनि गठबन्धन र सहकार्यको बाटो भने खुला राखेर अलग हुने निर्णयमा पुगेको पनि जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १६, २०७९  १२:४४
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro