site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अब नयाँ आन्दोलन अघि बढाउँछौँ, साथ दिनोस् : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान निर्माणका बेला आफूहरूले फरक मतका रूपमा छाडेका शासकीय स्वरूप, निर्वाचन प्रणाली र पहिचानको मुद्दाका निम्ति नयाँ आन्दोलन अघि बढाउने बताएका छन् ।

माओवादी केन्द्र काभ्रे–काठमाडौं सम्पर्क समन्वय समितिको चौथो भेला तथा प्रशिक्षणको शनिबार उद्घाटन गर्दै उनले मुलुक अब यथास्थितिमा चल्न नसक्ने भएकाले ती मुद्दा उठाउन पुनः आवश्यक भएको जिकिर गरे । उनले अब आफ्नो पार्टीको नेतृत्वमा हुने आत्मनिर्भर अर्थतन्त्रसहितको नयाँ समाजवादी आन्दोलनमा साथ दिन सबैमा अपिल पनि गरे ।

Dabur Nepal
NIC Asia

पुराना संसद्वादी दलहरूसँगको संसर्गबाट माओवादी नेता–कार्यकर्ताहरू पनि केही न केही रूपमा बिग्रिएको उनले उल्लेख गरे । उनले अब हुने आन्दोलनबाट नेता–कार्यकर्तामा देखिएको फोहरमैला समेत सफा हुने विश्वास व्यक्त गरे ।

नेपाली कांग्रेस र नेकपा (एमाले)सँग मिलेर प्रधानमन्त्री भएका बेलाभन्दा जनतासँग मिलेर जाँदा माथिल्लो जिम्मेवारीमा रहेजस्तो अनुभव आफूलाई भएको उनले सुनाए । सरकार छाडेसँगै प्रतिनिधिसभामा गरेको सम्बोधनका क्रममा आफूले कमजोरी स्वीकार गरेको उनले बताए । आफ्नो वर्ग, समुदाय, एजेन्डा र जनताप्रति फर्कने संकल्प गरेको र त्यसपछि देशव्यापी नयाँ आकर्षण पैदा भएको उनको भनाइ थियो ।

उनले वर्तमान सरकार भ्रष्टाचारीको रक्षा र त्यसको विरोध गर्नेमाथि कुनै न कुनै रूपमा दमन गर्नेतिर केन्द्रित रहेको आरोप लगाए ।

अध्यक्ष प्रचण्डले आफू नेतृत्वको सरकारले सुशासनका पक्षमा थालेको अभियानकै कारण भ्रष्टाचारी जोगाउनका निम्ति त्यसलाई ढालेर नयाँ सरकार बनाइएको जिकिर गरे । हिमालयन टेली भ्वाइस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १, २०८१  १६:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro