site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
स्थानीय तह उपनिर्वाचन : एकीकृत समाजवादीले छान्यो यी १३ उमेदवार

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आसन्न उपनिर्वाचनका निम्ति १३ उमेदवारको नाम टुंगो लगाएको छ । अरू उमेदवार आइतबार (भोलि) बिहानसम्म टुंगो लगाउने गरी छलफल भइरहेको पार्टीले जनाएको छ ।

एकीकृत समाजवादीले मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका निम्ति दिलबहादुर विश्वकर्मीको नाम उमेदवारका रूपमा टुंगो लगाएको छ । दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षका निम्ति रविना खड्कालाई छानिएको छ । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षका निम्ति जवा शाहीलाई चयन गरिएको एकीकृत समाजवादीले जनाएको छ ।

Dabur Nepal
NIC Asia

एकीकृत समाजवादीले टुंगो लगाएका उमेदवारको सूची पढ्नोस्–

कोसी प्रदेश
१. मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष – दिलबहादुर विश्वकर्मी
२. सुनसरीको गढी गाउँपलिका–६ को वडाध्यक्ष – डोमी उराव
३. उदयपुरको त्रियुगा नगरपालिका–१२ को वडाध्यक्ष – निर्मला चौधरी

मधेस प्रदेश
४. धनुषाको धनुषाधाम नगरपालिका–१ को वडाध्यक्ष – गोपाली साह
५. रौतहटको गढीमाई नगरपालिका–८ को वडाध्यक्ष – वजरंगीप्रसाद यादव
६. रौतहटको ईशनाथ नगरपालिका–७ को वडाध्यक्ष – सदरे आलम

वाग्मती प्रदेश
७. नुवाकोटको ककनी गाउँपालिका–२ को वडाध्यक्ष – मानबहादुर लामा
८. मकवानपुरको हेटौँडा नगरपालिका–१२ को वडाध्यक्ष – बलराम बल
९. दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष – रविना खड्का
१०. काठमाडौं महानगरपालिका–१६ को वडाध्यक्ष – मीनबहादुर मानन्धर
११. कीर्तिपुर नगरपालिका–४ को वडाध्यक्ष – रीता खड्का

सुदूरपश्चिम प्रदेश
१२. बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष – जवा शाही
१३. कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्ष – जीतेन्द्र चन्द्र

स्थानीय तहका रिक्त ४२ पदका निम्ति यही मंसिर १६ गते मतदान हुँदै छ । आइतबार (भोलि) उमेदवारको मनोनयनपत्र दर्ता गरिने निर्वाचन आयोगको कार्यतालिका छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १, २०८१  १६:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro