राजनीति
काठमाडौैं । नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम बालकोट पुगेका छन् । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका हुन् ।
नेताद्वयबीच भेटवार्ता जारी रहेको नेकपा राष्ट्रिय एकता अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिए ।
पार्टीको उद्देश्य नै एकता गर्ने भएकाले सोहीअनुसार छलफल गर्न उनलाई केन्द्रीय कमिटीले म्यान्डेड दिएको पाण्डेको भनाइ छ ।
तत्कालीन नेकपा एकता गर्ने भन्दै गौतमले नयाँ पार्टी घोषणा गरेपछि उनी पहिलोपटक ओली भेट्न गएका हुन् । गौतम एमालेका पूर्वउपाध्यक्ष पनि हुन् ।
प्रकाशित मिति: बिहीबार, असार १६, २०७९ १२:३९
प्रतिक्रिया दिनुहोस्