site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
विवाद भएपछि पेस्तोल पड्काएर श्रीमती तर्साउने युवा पक्राउ
Siddhartha BankSiddhartha Bank

जनकपुरधाम । श्रीमतीसँग विवाद हुँदा हवाइ फायर गरी तर्साउने युवा पक्राउ परेका छन् । मंगलबार हतियारसहित जनकपुरधाम उपमहानगरपालिका ९ थापा चोकबाट ३७ वर्षीय मनिषकुमार अधिकारी पक्राउ परेका हुन् । अधिकारीले गोली भएको पेस्तोल छतमा पुगेर पड्काएका थिए । 

उनले सोमबार राति श्रीमतीसँग विवाद भएपछि छतमा पुगेर पेस्तोल पड्काएको पाइएको छ । गोली चलेको खबर पाएपछि प्रहरी घटनास्थलमा पुगेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रहरीले उनको घरको किचन कोठामा लुकाइ राखेको अवस्थामा हतियार बरामद गरेको छ ।

अटो पिस्टन युएसए लेखिएको पेस्तोलमा गोली एक राउण्ड र  म्यागेजिन बरामद भएको धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । 

Global Ime bank

उनका अनुसार श्रीमान् –श्रीमतीबीच घरायसी वादविवाद हुँदा घरको छतमा गएर तर्साउनको लागि गोली चलाएको मनिषले प्रहरी समक्ष बयान दिएका छन् ।

मनिष अहिले धनुषा प्रहरीको हिरासतमा छन् । उनीमाथि हातहतियार तथा खरखजाना मुद्दा म्याद थप गरी थप अनुसन्धान भइरहेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १४, २०७९  १८:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय