site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दुई तहको संघीय संरचना बनाउनुपर्छ : देव गुरुङ
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
KFC Island Ad
Dabur Nepal
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देव गुरुङले दुई तहको संघीय संरचना बनाउनुपर्ने बताएका छन् ।मंगलबार ‘संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन सम्बन्धी संसदीय विशेष समिति’ले सिंहदरबारमा आयोजना गरेको ‘संघीयता कार्यान्वयनको अवस्था, चुनौती र अबको बाटो’ विषयक छलफल कार्यक्रममा बोल्दै प्रमुख सचेतक गुरुङले दुई तहको
संघीय संरचना बनाउनुपर्ने बताएका हुन् ।

उनले तीन तहको संरचना बनाएर एकात्मक प्रणालीको प्रशासनिक इकाइको रूपमा प्रयोग गर्न खोजिएको बताए । उनले साँचो अर्थको संघीयता दुई तहको हुने भन्दै स्थानीय तह प्रदेशको मातहतमा रहनेगरी सञ्चालन गर्नुपर्ने बताए । सोही अनुरूपको क्षेत्राधिकारहरूको बाँडफाँट हुनु जरुरी रहेको उनको भनाइ छ ।

"तीनवटा तहको जुन संरचना बनाइएको छ, तीनवटा तहको संरचना यो संघीय संरचना हो भन्ने लाग्दैन । कता कता यसलाई प्रशासनिक इकाइको रूपमा, एउटै एकात्मक प्रणाली अन्तर्गतको प्रशासनिक इकाइको रूपमा प्रयोग गर्न खोजिएको देखिन्छ । संघीयता रियल अर्थमा भन्ने हो भने के हुन्छ भन्दा दुईवटा तह भन्दा तेस्रो तह बनाउने विषय हुँदैन । स्थानीय तह प्रदेशको मातहतमा सञ्चालन गर्नुपर्ने विषय हो भन्ने लाग्छ । अहिलेको तीनवटा तहको परिकल्पनाबाट जाने हो भने प्रदेशको कुनै अर्थ र औचित्य छैन," उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १४, २०७९  १८:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro