देश
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रूपन्देहीको ओमसतिया गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजु नेपाल, इन्जिनियर, सब इन्जिनियर र उपभोक्ता समितिका अध्यक्षसहित पाँचजनाविरुद्ध भ्रष्टाचार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
उनीहरूमाथि गाउँपालिका ४ मटेरिया गाउँको मुख्य सडक पीसीसी निर्माण कार्य गर्दा सम्झौता बमोजिम काम नगरी रकम हिनामिना गरेको आरोप लागेको छ । उनीहरूले सडकमा कमसल ढलान गरी दुई लाख ६१ हजार ८५५ रुपैयाँ भ्रष्टाचार गरेको आयोगको दाबी ।
प्रकाशित मिति: मंगलबार, असार १४, २०७९ १५:५९
प्रतिक्रिया दिनुहोस्