site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
ई–सेवा मनी ट्रान्सफर र यूएईको लुलु इन्टरनेसनलबीच रेमिट्यान्स भुक्तानी गर्ने सम्झौता
SkywellSkywell

काठमाडौं । ई–सेवा मनी ट्रान्सफर र यूएईको लुलु इन्टरनेसनल एक्सचेन्जबीच रेमिट्यान्स् भुक्तानी गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार यूएईका प्रमुख स्थान अबुधाबी, दुबई र सारजाहलगायत यूएईका सातैवटा इमिरेट्समा बस्दै आएका नेपालीहरूले लुलु इन्टरनेसनल एक्सचेन्ज मार्फत नेपालमा रेमिट्यान्स् पठाउन सकिने बताइएको छ ।

उनीहरूले यूएईभरि रहेका लुलुका ८४ वटा शाखामध्ये जुनसुकै शाखामाबाट ई–सेवा मनी ट्रान्सफरको माध्यमबाट नेपाल पैसा पठाउन सक्ने ई–सेवा मनी ट्रान्सफरले जनाएको छ । यसका साथै, लुलु इन्टरनेसनल एक्सचेन्जको मोबाइल एप  (लुलु मनी) मार्फत पनि छिट्टै नेपालमा पैसा पठाउन सक्नेछन् । 

Dabur Nepal
NIC Asia

लुलु इन्टरनेसनल एक्सचेन्जका शाखाबाट नेपालमा पैसा पठाउँदा, पठाउने व्यक्तिले ६० भन्दा धेरै बैंकका खातामा सीधै रकम पैसा पठाउन सकिनेछ भने ६० लाख भन्दा बढी प्रयोगकर्ता रहेकोे ई–सेवा वालेटमा पनि रकम पठाउन सकिनेछ । विज्ञप्तिमा भनिएको छ ।

साथै, लुलु इन्टरनेसनल एक्सचेन्ज हुँदै यूएईबाट पठाएको रेमिट्यान्स्, नेपालका अधिकांश ठाउँमा रहेका ई–सेवा मनी ट्रान्सफरका १२ हजारभन्दा बढी रकम भुक्तानी केन्द्र तथा एक लाखभन्दा बढी ई–सेवाका क्यास प्वाइन्टमार्फत पनि रकम झिक्न सकिने व्यवस्था रहेको ई–सेवा मनी ट्रान्सफरले जनाएको छ ।
 
यसका साथै, पठाएको नगद रेमिट्यान्स भुक्तानी केन्द्रमा नगई सोझै ई–सेवा वालेटमा प्राप्त गरी अतिरिक्त ७७ रुपैयाँ बोनस रकमसमेत प्राप्त गर्न सकिनेछ ।

यसैगरी, हाल ई–सेवा मनी ट्रान्सफरको ‘रेमिटोत्सव’ योजना चलिरहेको छ । यसअन्तर्गत यूएईमा रहेका नेपालीहरूले लुलु इन्टरनेसनल एक्सचेन्जबाट ई–सेवा मनी ट्रान्सफरमार्फत नेपाल रकम पठाउँदा दैनिक पाँच हजारदेखि ५० हजारसम्म जित्न सक्ने बताइएको छ ।

रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौतापत्रमा ई–सेवा मनी ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजेस कोइराला र लुलु इन्टरनेस्नल एक्सचेन्जका तर्फबाट सहायक प्रमुख थम्पी सुदर्शनले हस्ताक्षर गरेका छन् । सम्झौतापछि ई–सेवा मनी ट्रान्सफरका सीईओ, अजेश कोइरालाले भने, “ई–सेवा मनी ट्रान्सफर र  लुलु इन्टरनेसनल एक्सचेन्जबीचको सम्झौताले यूएईबाट नेपाल रेमिट्यान्स् भुक्तानी सेवालाई थप सहजता प्रदान गर्ने सुनिश्चित छ ।

डिजिटल माध्यमबाट बैंक तथा ई–सेवा वालेटमा पनि पैसा पठाउन मिल्ने भएकाले धेरै जसो नेपालीहरूले लुलु एक्सचेन्जबाट ई–सेवा मनी ट्रान्सफरमार्फत नेपाल पैसा पठाउने कुरामा हामी विश्वस्त छौँ ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १४, २०७९  १५:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro