site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सीमित नेताले राज्यसत्ता कब्जा गरी सर्वसत्तावाद लादे : कमल थापा
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडाैं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आमूल परिवर्तनको नारा लिएर जनतालाई मालिक बनाउने, आर्थिक विकास र समृद्धि हासिल गर्ने उद्देश्य लिएर सुरु भएको यात्रा १६ वर्ष पछाडि ठिक विपरीत गन्तव्यमा पुगेको बताएका छन् ।

उनले जनता बलियो र प्रजातन्त्र सुदृढ हुनुको सट्टा केही सीमित राजनैतिक दलका सीमित नेताहरूले राज्यसत्ता कब्जा गरेर सर्वसत्तावाद लाद्ने काम भएको आराेप लगाएका छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

आज (साेमबार) काठमाडाैंमा आयोजित प्रदेश स्तरीय स्वयंसेवक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राष्ट्रियता अत्यन्त कमजोर हुँदै गइरहेको, विदेशीहरूको चलखेल र प्रभाव तीव्र रूपले बढेको भन्दै बाह्य शक्तिहरूको रणनीतिक प्रतिस्पर्धा स्थल बन्न सक्ने खतरा भएको बताए ।

कार्यक्रममा अध्यक्ष थापाले आगामी निर्वाचनमा राष्ट्रिय पार्टी बनाउन आवश्यक मेहनत गर्न, संवाद गर्न संकोच नमान्न र हिन भावनाबाट मुक्त भई अगाडि बढ्न बागमती प्रदेशका नेता कार्यकताहरूलाई निर्देशन दिए । 

Royal Enfield Island Ad

कार्यक्रममा बागमती प्रदेशका अध्यक्ष माधव खत्रीले सिकेका, बुझेका कुराहरूलाई जनता समक्ष पुर्‍याउन आफूहरू सबै जुट्नुपर्ने बताए ।

प्रशिक्षण विभागका प्रमुख एवं महामन्त्री सुशील कुमार श्रेष्ठले आगामी निर्वाचनलाई दृष्टिगत गरी पाँच सय स्वयंसेवक पालिकाहरूमा खटाइने बताए ।

प्रशिक्षणमा बागमती प्रदेशका १७५ जनाको सहभागिता रहेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १३, २०७९  २१:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro