काठमाडौं । दाङस्थित नेपाल–भारत सीमावर्ती बजार गएका दुई नेपाली युवतीमाथि सामूहिक बलात्कार भएको छ ।
आइतबार बिहान भारतको मनिपुर बजार गएका राजपुर गाउँपालिकाका दुई युवती भारतीय युवकहरूबाट बलात्कृत भएको प्रहरीले जनाएको छ ।
नेपालबाट भारतको मनिपुर बजारमा जाने क्रममा सीमावर्ती क्षेत्रको जंगलमा भारतीय युवाको समूहले सामूहिक बलात्कार गरेको हो ।
प्रहरी प्रधान कायालयका अनुसार ६ जना युवती भारतीय बजार गइरहेको अवस्थामा दुईजना बलात्कृत भएको र अन्य चारजनालाई भने भारतीय युवकको समूहले लुटपाट गरेको छ ।
पीडित युवतीहरु दाङ प्रहरीको सम्पर्कमा आएपछि घटना बाहिरिएको हो ।
घटनास्थल भारतीय भूमि भएकाले उक्त घटना भारतीय प्रहरीले हेरिरहेको छ । अनुसन्धानका क्रममा भारतीय प्रहरीले चारजनालाई पक्राउ गरेको छ ।