देश
सिन्धुपाल्चोक । थुनामा रहेका एक कैदीको मृत्यु भएको छ ।
जबरजस्ती करणी र ज्यान मार्ने अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका पाँचपोखरी थाङ्पाल गाउँपालिका–५ का ४९ वर्षीय मइते गोलेको मृत्यु भएको हो ।
आज बिहान रिंगटा लागेर ढलेका गोलेलाई उपचारका लागि चौतारा अस्पताल लगिएको केही समयमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख रामेश्वप्रसाद चौधरीले जानकारी दिए ।
गएको कात्तिकमा प्रहरीले गोलेलाई पक्राउ गरी थुनामा राखेको थियो । मृतकको आफन्त आइपुगेपछि शव परीक्षण गरिने अस्पतालले जनाएको छ । रासस
प्रकाशित मिति: शनिबार, असार ११, २०७९ १५:२३
प्रतिक्रिया दिनुहोस्