site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
सर्लाहीमा खानपिनका लागि बोलाएर 'भाइले नै गरे दाइको हत्या'
सांकेतिक तस्बिर ।
SkywellSkywell

काठमाडौं । सर्लाही कबिलासी नगरपालिका–८ अगर्वा बस्ने २४ वर्षीय अमरेन्द्र ठाकुरको हत्या गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उनकै भाइ अमरकान्त ठाकुर र सोही ठाउँ बस्ने रूपेश कुमार छन् ।

अर्गवा चोकबाट सलेमपुर नहरतर्फ जाने सडक नजिक कुलोमा अमरेन्द्र ठाकुरको धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा मंगलबार शव फेला परेको थियो ।

Dabur Nepal
NIC Asia

सोही घटनाको अनुसन्धानको क्रममा उनीहरूको संलग्नता रहेको खुल्न आएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

अनुसन्धानको क्रममा सोमबार बेलुकी अमरेन्द्र ठाकुर र अमरकान्त ठाकुरबीच विवाद भएको विषयलाई लिएर अमर कान्त र उनका साथी रूपेशले अमरेन्द्रलाई मार्ने योजना बनाई खानपिनको व्यवस्था छ भनी बोलाई धारिलो हतियार र ढुंङगाले शरीरको विभिन्न भागमा प्रहार गरी हत्या पछि शव उक्त कुलोमा फालेको खुल्न आएको प्रहरीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९  १८:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro