काठमाडौं । पौडीकी गौरिका सिंह र ब्याड्मिन्टनका प्रिन्स दाहाल बिहीबार नेपाल ओलम्पिक कमिटीले प्रदान गरेको 'एनओसी सर्वोत्कृष्ट खेलाडी' पुरस्कारबाट सम्मानित भएका छन् ।
अन्तर्राष्ट्रिय ओलम्पिक दिवसका अवसरमा आयोजना गरिएको एनओसी अवार्डमा गौरिकालाई उत्कृष्ट महिला र प्रिन्सले उत्कृष्ट पुरुष पुरुष खेलाडी अवार्डबाट सम्मानित गरिएको हो ।
उत्कृष्ट महिला प्रशिक्षकबाट तेक्वान्दोकी संगीना वैद्यलाई सम्मान गरिएको छ । त्यस्तै गल्फका दीपक मगरले उत्कृष्ट पुरुष प्रशिक्षक अवार्डबाट साम्मानित गरियो ।
नेपाल तेक्वान्दो संघ उत्कृष्ट संघ घोषित भयो ।
कान्तिपुरका राजु घिसिङ छापा माध्यम, बीबीसीका निरञ्जन राजवंशीले मल्टिमिडियाबाट उत्कृष्ट पत्रकारको पुरस्कार पाए । कान्तिपुर टेलिभिजनकी सविना कार्कीले उत्कृष्ट श्रव्य दृष्यतर्फको पुरस्कार जितिन् । त्यस्तै, फोटो पत्रकारको विधामा गोरखापत्रका राजेन्द्र चित्रकार पुरस्कृत भए ।