site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वास्तविक किसानले नपाएपछि अनुदान हटायौँ : अर्थमन्त्री शर्मा 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष ०७९/०८० को बजेटबाट किसानलाई अनुदान दिने कार्यक्रम हटाएर प्रोत्साहन गर्ने नीति लिइएको बताएका छन् ।

विश्व बैंकको प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुसहितको प्रतिनिधि मण्डलसँग भएको छलफलमा मन्त्री शर्माले साना किसानलाई प्रोत्साहन गर्न सके उत्पादन वृद्धि हुन सक्ने देखेर यस्तो नीति लिइएको प्रष्ट पारे ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

‘‘गरिब किसाानले लिने थोरै ऋण पनि पुग्न सकेको छैन । साना किसानले ऋण लिएको छ भने इमानदारितापूर्वक फिर्ता गरेको उदाहरण पनि छन्,’’ उनले भने, ‘‘तर, अनुदान भने वास्तविक र साना किसानसम्म पुगेन । त्यसपछि हामीले प्रोत्साहन गर्ने नीति लिएका हौँ ।’’

उनले आर्थिक वर्ष ०७९/०८० को बजेटबाट कृषिलाई पहिलो प्राथमिकता राखिएको जानकारी गराउँदै दातृ निकायको समेत साथ र सहयोग आवश्यक रहेको बताए । किसानको उत्पादन बजारसम्म सहजै पुर्‍याउन कृषि एम्बुलेन्सको सुरुवात गरेको बताए ।

Royal Enfield Island Ad

उनले वार्षिक साढे तीन खर्ब भन्दा बढीको कृषि वस्तुको आयात प्रतिस्थापन नगरेसम्म व्यापार घाटा कम हुन नसक्ने निष्कर्ष रहेको पनि बताए ।

‘‘आयात प्रतिस्थपानका लागि कृषि उपजको उत्पादन बढाउने, औद्योगिक वस्तुको उत्पादकत्व वृद्धि गरी निर्यात प्रवद्र्धन गर्ने र सेवा क्षेत्रसमेत निर्यात गर्ने लक्ष्य राखिएको छ,’’ उनले भने । मन्त्री शर्माले जमिन, पानी, वन तथा समग्र प्राकतिक स्रोतहरूको अधिकतम उपयोग गरी राष्ट्रिय पुँजी निर्माणमा केन्द्रित गर्न खोजिएको पनि जानकारी गराएका थिए ।

कार्यक्रममा विश्व बैंकका प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुले खाद्य सुरक्षामा ध्यान दिन आग्रह गरिन् ।

उनले आर्थिक विकासका लागि कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नु उपयुक्त भएको बताइन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ९, २०७९  १८:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro