site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
मधेस प्रदेश : रेडबुक नहुँदा बजेटमाथि अझै छलफल सुरु भएन
Siddhartha BankSiddhartha Bank

जनकपुरधाम । मधेस प्रदेश सरकारको बजेट सार्वजनिक भएको एक साता बितिसक्दासमेत बजेटमाथिको छलफल सुरु भएको छैन । रेडबुक छपाइमा ढिलाइ हुँदा छलफल सुरु हन नसकेको हो ।

बजेट भाषणको पूर्व तयारी गर्नुपर्ने बजेटको सम्पूर्ण विवरण समेटिएको पुस्तक तयार हुनुपर्नेमा सरकारको लापरबाहीले त्यसो भएको देखिँदैन । असार १ गते प्रदेश सभामा अर्थमन्त्री शैलेन्द्र साहले बजेट वाचन गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

सम्पूर्ण बजेट विवरण समेटिएको रेडबुक छलफलका लागि सांसदहरूलाई उपलब्ध गराउनुपर्ने प्रावधान छ । सांसदहरूले रेडबुक प्राप्त गरेपछि मात्र मन्त्रालयगत रूपमा बजेटमाथिको दफावार छलफल प्रारम्भ हुन । तर, सरकारले हरेक वर्ष बजेट सार्वजनिक गरेको हप्ता दिनपछि मात्र रेडबुक उपलब्ध गराउने गरेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसद परमेश्वर साह बताउँछन् ।

"बजेटमाथिको छलफलका लागि सदनमा पर्याप्त समय दिनुपर्छ," उनले भने, "हिउँदे सदनलाई बजेट अधिवेशन पनि भन्ने गरिएको छ । तर प्रदेश सरकारले व्यवस्थित र लोकतान्त्रिक विधि अनुरूप सदनलाई चलाएको छैन ।"

Global Ime bank

अर्थ मन्त्रालयले बजेट पुस्तिका उपलब्ध नगराएको कारण सदन सञ्चालन हुन नसकेको प्रदेश सभाका सचिव रञ्जित यादवले जनाए । "सरकारले रेडबुक उपलब्ध गराएपछि सदन सञ्चालन हुने छ," उनले भने, "यसै हप्ता रेडबुक आउने छ ।"

यस सम्बन्धमा मन्त्रालयका अधिकारीहरूले काम भइरहेको बताउँदै चाँडै रेडबुक सांसदहरूलाई उपलब्ध गराइने बताएका छन् ।

सबै मन्त्रालयका योजना, बजेट लगायतका सम्पूर्ण विवरणहरू उल्लेख गर्नुपर्ने भएकाले केही समय लागेको उनीहरूको तर्क छ ।

आगामी वर्षका लागि प्रदेश सरकारले ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजारको बजेट सार्वजनिक गरेको छ । अर्थ मन्त्रालयले कानुन, न्याय तथा प्रदेश सभा मामिलालाई सबै भन्दा कम र भौतिक पूर्वाधार विकास मन्त्रालयलाई सबै भन्दा बढी बजेट विनियोजन गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ८, २०७९  १६:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय