site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
‘मर्निङ वाक’बाट फर्किंदै गरेका असईलाई ट्रकको ठक्कर
प्रतीकात्मक तस्बिर ।
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । महोत्तरीको बर्दिबास नगरपालिका–३ मा ट्रकको ठक्करबाट प्रहरी कर्मचारी गम्भीर घाइते भएका छन् । इलाका प्रहरी कार्यालय कोन्जोसोम, ललितपुर दरबन्दी भई हाल इलाका प्रहरी कार्यालय बर्दिबासमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रामबाबु साह घाइते भएका हुन् ।

आज बिहान करिब पौने ७ बजे सिन्धुलीबाट बर्दिबासतर्फ आउँदै गरेको वाग्मती प्रदेश–०१–००६ ख ३५२१ नम्बरको स्याउ ‘लोड’ गरिएको ट्रकले ‘मर्निङ वाक’बाट फर्किंदै गरेका साहलाई ठक्कर दिएको थियो ।

घाइते साहलाई उपचारका लागि बर्दिबासस्थित जनसेवा अस्पतालमा पठाइएको छ । ट्रक चालकलाई इलाका प्रहरी कार्यालय बर्दिबासले नियन्त्रणमा लिएको जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ८, २०७९  १२:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro