राजनीति
काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका यूएईका शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमले एमालेका अध्यक्ष केपीशर्मा ओलीसँग भेट गरेका छन् ।
उनले आज ओली निवास बालकोटमा भेट गरका हुन् । झापा पुगेर उनले एमाले केन्द्रीय सदस्य समेत रहेका प्रसाईंलाई 'सुनको लौरो' हस्तान्तरण गरेको समाचारहरू सार्वजनिक भएका थिए । तर उक्त लौरो नक्कली भएको पुष्टि भएको छ ।
गृह मन्त्रालयको निर्देशनमा उनका औपचारिक कार्यक्रममा रोक लगाइएको हो । उनको निजी भ्रमण भएकाले कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक लगाइएको हो ।
प्रकाशित मिति: मंगलबार, असार ७, २०७९ १८:०४
प्रतिक्रिया दिनुहोस्