site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मेयर बालेनले विकास साझेदारलाई भने–नागरिकलाई सरकार भएको अनुभूति गराउनुपर्छ, अरूलाई दोष लगाएर नपन्छौँ 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । “पूर्वाधार निर्माणका क्षेत्रमा भेटिएका कर्मचारी वा ठेकेदारलाई नागरिकले कुनै सोधपुछ गरे भने मेरो काम होइन भनेर नपन्छनू । अर्काको कार्य क्षेत्रको कुरा काम भए समन्वय गरेर जिज्ञासाको उत्तर दिनू । हामी सबै मिलेर जनतालाई सरकार भएको महसुस गराउनु पर्छ,” काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले विकास साझेदार कार्यालयका प्रमुख तथा प्रतिनिधिसँग भने, “नतिजामुखी कामका लागि सबैको प्रयास आवश्यक हुन्छ । सबै मिलेर काम गर्नुपर्छ । अरुलाई दोषी देखाएर जनताका प्रतिनिधि र सरकारी कर्मचारीले पन्छिन मिल्दैन ।”

सोमबार महानगरको सभा कक्षमा पूर्वाधार निर्माण कार्यमा समन्वय गर्ने विषयमा बसेको बैठकमा उनले यस्तो आग्रह गरेका हुन् । “जीवन्त सांस्कृतिक सहर काठमाडौंलाई व्यवस्थित गर्न धेरै काम गर्नुपर्नेछ । सबैले प्रयास गरौँ । नतिजा क्रमशः आउनेछ,” मेयर शाहले भने । 

जमिन पुनःभरण हुन नपाउँदा चाहिने ठाउँमा पानी नपुगेको, नदीका पानी धेरै भएर बाढी आएकोलगायत वातावरणीय सुधार, सहरी सेवा सुविधाको सहज वितरण तथा पूर्वाधार निर्माणको अन्तरसम्बन्ध मिलाउनु पर्नेमा उनले जोड दिए । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

बैठकमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल, निर्देशक डा. सुरेन्द्रलाल हाडा, उपनिर्देशक अच्युतानन्द मिश्र, सडक विभागका सुपरिटेण्डेन्ट ईञ्जिनियर डा. विजय जैसी, सडक डिभिजन काठमाडौंका प्रमुख नारायणप्रसाद निहुरे, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीसहित अधिकारी सहभागी थियो ।

त्यस्तै, नेपाल विद्युत् प्राधिकरणका निर्देशक श्रीराम राज पाण्डे, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्य, आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना निर्देशक राजेन्द्र सापकोटा, उपनिर्देशक चन्द्रकुमार श्रेष्ठ, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख नवराज प्याकुरेल, इञ्जिनियर रामबाबु प्रसाद बैठकमा थिए । 

Royal Enfield Island Ad

बैठकको सुरुमा मेयर शाहले कार्यालय प्रमुख तथा प्रतिनिधिहरूलाई आफूले सम्पादन गर्ने काम र क्षेत्राधिकारका विषयमा जानकारी गराउन समय दिएका थिए । कार्यक्षेत्रका विषयमा धारणा आइसकेपछि उनले महानगरसँग के अपेक्षा छ ? अथवा महानगरसँग सहकार्य कसरी गर्न सकिन्छ ? भन्ने विषयमा धारणा मागेका थिए । 

छलफलका क्रममा काठमाडौं उपत्यकामा भएका १९ वटा नदीलाई एउटै कार्यक्रमबाट सुधार गर्नुपर्ने, नदीको वहाव क्षेत्रसम्बन्धी मापदण्डको पालनालाई कडा बनाउनु पर्ने जस्ता विषय उठेका थिए । 

नदी किनारको अव्यवस्थित बस्ती व्यवस्थापनसँगै सहरको सरसफाइ र सौन्दर्य बढाउने काममा सबैको साझा मत हुनुपर्ने, धुँवाधुलोमुक्त सहरका निर्माणका लागि आ–आफ्ना जिम्मेवारी पूरा गर्नुपर्ने, पोलमा असरल्ल तार व्यवस्थापनमा सेवा प्रदायकलाई जिम्मेवार बनाउनु पर्ने, सडक किनारामा यसै छोडिने निर्माण सामग्री छोडेर हिड्न नपाइने जस्ता काममा पूर्वाधार निर्माणमा काम गर्नु पर्ने कार्यालयले ध्यान दिनुपर्ने विषयबाट सुधार देखिनेमा अधिकारीहरूको जोड थियो । 

“समन्वयको आवश्यकता महसुस थियो तर नेतृत्व गर्ने मियो थिएन । महानगरका प्रमुख उपप्रमुखको नेतृत्वबाट अब प्रभावकारी समन्वय हुनेछ,” अधिकार सम्पन्न बागमती सभ्यता आयोजनाका प्रमुख प्याकुरेलको धारणामा अन्य कार्यालय प्रमुखहरूले सहमति हरू सहमति जनाए । 

बैठकमा महानगरकी उपप्रमुख सुनिता डंगोलले स्थानीय सरकारलाई उत्तरदायी र जवाफदेही बनाउन साझेदार कार्यालयबाट सहयोग प्राप्त हुने अपेक्षा गरिन् । “समन्वय बैठक प्रभावकारी भएको महसुस गरेकी छु । यसबाट विगतका गल्ती दोहोरिने छैनन् र अवस्थामा परिवर्तन आउनेछ भन्ने आशा गर्न सकिन्छ,“ उपप्रमुख डंगोलले भनिन् । 

“सडक सञ्जालको इन्भेन्ट्री बनाउने, पानीको उपभोग योजना बनाउने, बिजुलीको स्मार्ट मिटर जडान गरेर आपसी सेवा आदानप्रदान गर्ने, दोहोरो योजना हुन नदिने प्रयोजनका लागि हामीले काम गर्नुपर्नेछ,” बैठकमा महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले भने, “समन्वयको मेरुदण्ड भनेको आरसीसी अर्थात रिलेसन (सम्बन्ध), कम्युनिकेसन (सञ्चार) र कोअपरेसन (सहयोग) हो । यसप्रति साझेदार कार्यालय सबै जिम्मेवार हुनुपर्छ ।”
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ६, २०७९  २३:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro