site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एन्फा निर्वाचन आज, कसले मार्ला बाजी ?
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेपाली फुटबलको सर्वेच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) नयाँ कार्यसमितिका लागि निर्वाचनमा होमिएको छ । अबको केही घण्टाभित्र त्यसको नतिजा आउनेछ । आगामी चार वर्षे कार्यकालका लागि कर्माछिरिङ शेर्पा, पंकज नेम्वाङ र राजिवराज पौडेल नेतृत्वको लडाईंमा छन् । 

फ्रेन्ड्स क्लबका पूर्व अध्यक्ष पौडेल आफैसँग पनि मताधिकार नभएका कारण उनको पक्षमा एक दुई मत आए पनि अचम्म मान्नुपर्ने अवस्था छैन । त्यसकारण अहिलेको मुख्य प्रतिष्पर्धा शेर्पा र नेम्वाङबीच हो । जो चार वर्षअघि एकै खेमामा थिए । अहिले पानी बाराबारको स्थितिमा छन् । अघिल्लो निर्वाचनमा शेर्पासँगै रहेका नवीन पाण्डे पनि अहिले नेम्वाङसँगै उभिएका छन् । 

पाण्डे र नेम्वाङ दुबैका पछाडि एन्फा पूर्व अध्यक्ष गणेश थापाको उभिएका छन् । जसका विरुद्ध चार वर्षअघि शेर्पा, नेम्वाङ र पाण्डेले ‘चेन्ज एन्फा’को नारामा आन्दोलन छेडेका थिए । एन्फा चुनावका अर्का सदावहार खेलाडी टासी घले भने यसपटक गुमनाम बनेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

कार्यसमितिको निर्वाचनमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, दुई महिलासहित १५ खुलागरी २१ सदस्य पदका लागि निर्वाचन हुँदैछ । वर्तमान अध्यक्ष शेर्पा र वरिष्ठ उपाध्यक्ष नेम्बाङ आ–आफ्नो प्यानलसहित अन्तिम तयारीमा छन् । त्यसमा पौडेलले ‘च्याँखे’ थापेका छन् । 

क्लोज क्याम्पमा मतदाता
आज सोमबार हुने एन्फा निर्वाचनमा दुईवटै पक्षले आफू जित्ने दाबी गरेका छन् । एन्फा निर्वाचनमा हार्ने पक्का भएको एक मात्र व्यक्ति हुन्, राजिव पौडेल । अरु सबैको सम्भावना उत्तिकै छ । त्यसैले त दुबैले पक्ष मतदातालाई आकर्षित गर्न साम, दाम, दण्ड, भेद सबै प्रयोग गरेका छन् । 

Global Ime bank

दुबै पक्षले आफ्नो मतदातालाई अरुले प्रभावित पार्न नसकोस् भनेर होटलमा राखेका थिए । शेर्पा पक्षको ‘क्लोज क्याम्प’ शिबपुरीमा थियो भने नेम्वाङ पक्षको गोदावरीमा । यसअघि आ–आफ्नो पक्षमा मतदाता धेरै भएको दाबी गर्ने शेर्पा र नेम्वाङ पक्षले ‘क्लोज क्याम्प’मा समेत आफूसँग मतदाता धेरै भएको दाबी गरेका छन् ।
 
नेम्वाङ पक्षले आइतबार राति आफ्नो क्लोज क्याम्पमा ४७ मतदाताले सामुहिक प्रतिवद्धता जनाएको दाबी गरेका छन् । त्यस्तै कर्मा पक्षले पनि आफूसँग ४० मतदाता रहेको दाबी गरेका छन् । एन्फामा कुल ८४ मत मात्र छ । अझ विभागीय टिमका मतदातालाई दुबै पक्षले गणना गरेका छैनन् । त्यस्तै शेर्पा पक्षले हिमालयन शेर्पालगागत क्लबहरूको मतगणना गरेका छैनन् । त्यसकारण दुबैले दाबी गरेको मतदाता संख्या गन्ने हो भने ९० भन्दा माथि पुग्छ । आज बेलुकासम्म छिनोफानो हुनेछ ।  

अध्यक्ष पदका उमेदवार 
वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा, वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ, फ्रेण्ड्स क्लबका पूर्व अध्यक्ष राजिव पौडेल ।

वरिष्ठ उपध्यक्ष पदमा 
शेर्पा पक्षबाट सरस्वती क्लबका अध्यक्ष शिक्षित पराजुली र नेम्वाङ पक्षबाट वर्तमान उपाध्यक्ष वीरबहादुर खड्का ।

उपाध्यक्ष पदमा 
शेर्पा पक्षबाट वर्तमान कार्यसमितिका उपाध्यक्ष उपेन्द्रमान सिंह, दीर्घबहादुर केसी (कुमार) र रत्नकुमार श्रेष्ठ र विज्ञानराज शर्मा ।
नेम्वाङ पक्षबाट काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष विराटजंग शाही, वर्तमान केन्द्रीय सदस्य दावा लामा, एनआरटीका अध्यक्ष सुन्दरनरसिंह जोशी र धादिङ जिल्ला फुटबल संघका अध्यक्ष दीपक खतिवडा ।

खुला सदस्य पदमा 
शेर्पा पक्षबाट प्रविणकुमार यादव, रूपेश अधिकारी, दीपक थापा, लोकेन्द्र गुरुङ, रामराजा गुरुङ, टिकाराम लामा, प्रदेशसिंह राठौर, भरत बुदथापा, अनील श्रेष्ठ, रमेश व्यन्जनकार, मणिराज विष्ट, विनोद लामा र मनिश जोशी ।
नेम्वाङ पक्षबाट भोजराज शाही, नेपाल कार्की, प्रवीण सुवाल, पुरुषोत्तम थापा, महेन्द्र क्षेत्री, विजय घले, तपेश्वरकुमार राउत,  विकासनारायण श्रेष्ठ, निरज खड्गी, दीपेन्द्र धिमाल, अनिल मल्ल, रवीन्द्र चन्द र मुखिया लामा लिली ।

महिला सदस्य पदमा 
शेर्पा पक्षबाट पेमा डोल्मा लामा र विना श्रेष्ठ । 
नेम्वाङ पक्षबाट– विन्द्रा देवान र सरिला श्रेष्ठ ।

एन्फा चुनावमा मतदाता संख्या
जिल्लाबाट ४२, ‘ए’ डिभिजन लिगको क्लबबाट १४, ‘बी’ डिभिजन लिगको क्लबबाट ११, ‘सी’ डिभिजन लिगको क्लबबाट ९, खेलाडी संघ, प्रशिक्षक संघ, रेफ्री संघ, महिला संघ र एन्फा प्रेसिडेन्ट कपबाट राष्ट्रिय लिगका लागि छनोट भएका चार क्लबको ४ गरी कुल ८४ मत रहेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ६, २०७९  ०७:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय