site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
अर्थमन्त्री शर्मा कारागारमा बस्न लायक : सांसद श्रेष्ठ
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद भैरवसुन्दर श्रेष्ठले अर्थमन्त्री जनार्दन शर्मा कारागारमा बस्न लायक रहेको टिप्पणी गरेका छन् । बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई सहभागी गराएर जघन्य अपराध गरेका अर्थमन्त्री शर्मा अरू देशमा भए कारागारमा बस्न लायक हुने उनको भनाइ थियो ।

आइतबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद श्रेष्ठले ‘यहाँ त सो घटनाबारे सत्यतथ्य बाहिर ल्याउन संसदीय समिति गठन गर्न आफ्नो पार्टीले गरेको मागलाई समेत सरकारले बेवास्ता गरेको’ भन्दै आपत्ति जनाए । बरु, उल्टै सरकारले मन्त्री शर्माले अनधिकृत व्यक्तिलाई सहभागी गराएर ल्याएको बजेट हतारमा संसद्बाट पारित गराएको गुनासो उनले ।

Prabhu Bank
Agni Group
NIC Asia

सांसद श्रेष्ठले बजेटमा करको दर तय गर्ने काममा अर्थमन्त्री शर्माले अनधिकृत व्यक्तिलाई सहभागी गराएर देशकै लागि जघन्य अपराध गरेको आरोप लगाए । “आज अर्थमन्त्रीले यति ठूलो जघन्य अपराध गर्नुभएको छ, प्रतिनिधिसभामा कुरा उठेको छ । राष्ट्रियसभामा कुरा उठेको छ । त्यसको सत्यतथ्य छानबिनका लागि हामीले संसदीय समिति बनाइयोस् भनेर आवाज उठाएका छौँ,” उनले भने, “सरकार मौन छ । हतारमा त्यो बजेट पास गर्न सरकार लाग्छ । तर, उठेका विषयमा न जवाफ दिन्छ न संसदीय छानबिन समिति बनाउन उसले आँट गर्छ । वास्तवमा अरूजस्तो मुलुक हुन्थ्यो भने आज हाम्रो देशको अर्थमन्त्री मन्त्री पदमा के कारागारमा बस्नुपर्ने अवस्था हुन्थ्यो । देशप्रतिको जघन्य अपरोध हो त्यो ।”

उनले थपे, अनधिकृत व्यक्तिलाई बजेट निर्माणजस्तो कुरोमा, त्यो राजस्वको बाँडफाँड कसरी गरिन्छ, त्यसका दरहरू कसरी निर्धारण गरिन्छ, हामी सबैले जानेबुझेकै कुरा हो । त्यस्तो ठाउँमा अनधिकृत व्यक्तिलाई लिएर आएर काम गराइन्छ । त्यसको छानबिन समितिमार्फत गरौँ भन्दा सरकार डराउँछ । र, सरकार अर्थमन्त्रीलाई कारबाही गर्न उद्यत हुँदैन । सांस्कृतिक मन्त्रीले जे बोले पनि हुन्छ यो देशमा । कारबाही हुँदैन । लुम्बिनी प्रदेशकी राज्यमन्त्री उदण्डता मच्चाएकी छिन् । सरकार मौन छ ।”

Global Ime bank

सांसद श्रेष्ठले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेलाई पनि जथाभावी बोल्दै हिँड्ने छुट दिएको भन्दै सरकारको कडा आलोचना गरे ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ५, २०७९  १६:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC