site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नागरिकता नपाएकाहरूको दुखेसो : कहिलेसम्म अनागरिक बन्ने ?
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । २६ वर्षीया सीता परियार (नाम परिवर्तित) को घर पोखरा हो । उनी हाल काठमाडौंमा बसोबास गर्छिन् । सानै उमेरमा उनको आमाको मृत्यु भयो । आमाको देहावसान भएपश्चात् उनका बाबु कता गए उनालाई पत्तो छैन । उनले विगत १० वर्षदेखि नागरिकताका लागि जिल्ला प्रशासन धाइरहेकी छन् । तर, प्रशासनले नागरिकता दिएको छैन । 

शुक्रबार राजधानी काठमाडौंमा महिला, कानुन र महिला कानुन र विकास मञ्चले आयोजना गरेको नेपाल नागरिकता ऐन (संशोधन) विधेयकसम्बन्धी प्रमुख दलका महिला नेतृहरू र सञ्चारकर्मीहरूसँग अन्तक्रिर्यात्मक कार्यक्रममा उनी सहभागी भएकी थिइन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

उनले कार्यक्रममा नागरिकताविहीन भएर बस्नुपरेकोमा दुखेसो पोखिन् । “उमेरले म २६ वर्ष पुगेँ । म पोखरामा जन्मिएकी हुँ । आमा म सानै हुँदा बित्नुभयो । बुबा त्यसपश्चात् सम्पर्कमा हुनुहुन्न । कता हुनुुहुन्छ मलाई थाहा छैन । म काठमाडौं मा हुर्किंए । कक्षा ८ मा पढ्दा जन्मदर्ता चाहियो । पोखरा गएँ, तर नजिकका र छिमेकीहरूले गर्दा जन्मदर्ता बनाउन असहज भएन । मलाई लाग्यो जन्मदर्ता बनाएपछि नागरिकता बनाउन सहज हुन्छ,” उनले भनिन्, “१० वर्ष भयो नागरिकताका लागि भौं‌तारिएको । आमाको मृत्युदर्ता पनि छ । तर, मैले आमाको नाममा नागरिकता बनाउन पाइनँ । म नागरिकताविहीन छु । पढ्न, जागिर खान असहज भयो । त्यसो त, मैले बैंक अकाउन्ट पनि खोल्न सकेको छैन ।” 

सोही कार्यक्रममा निष्ठा थापा र उनको दिदी पनि उपस्थित थिए । उनीहरूको पनि समस्या उस्तै छ । संविधानले बुबा वा आमाको नाममा नागरिकता दिने लेखिए पनि आमाको नाममा नागरिकता नपाएको गुनासो उनीहरूको छ । उच्च अदालत पाटनमा मुद्दा जितेर आमाको नाममा नागरिकता पाउने फैसला भए पनि आफूहरू त्यो सुविधाबाट वञ्चित रहेको गुनासो थापा दिदी बहिनीको छ । 

Royal Enfield Island Ad

“बुबाले छोडेर जानुभयो । मामुले एक्लै पाल्नुभएको हो । जन्मदर्ताचाहिँ मामुको नाममा विराटनगरबाट बन्यो । म इन्जिनियरिङको विद्यार्थी हुँ । ब्याचलर पढ्ने बेला नागरिकता मागियो । बनाउन खोज्दा नागरिकता मामुको नामबाट बनाउन पाइएन,” उनीहरूको गुनासो छ,“प्रमुख जिल्ला अधिकारीको सिफारिसमा पनि भर्ना पाइन्छ भनेपछि हामीले बसाई प्रमाणीकरण गरेर भर्ना त गर्‍यौँ । तर, बैंक एकाउन्ट खोल्नदेखि लाइसेन्स हामीले बनाउन पाएको छैन ।” 

राज्य व्यवस्था समितिबाट बुहमतले पारित भएर नागरिकता विधेयक अहिले प्रतिनिधिसभामा विचाराधीन छ । सरकारले संसद्को चालु अधिवेशनबाट विधेयक पारित गराउने तयारीमा जुटेको छ । लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेताहरूसँग प्रधानमन्त्री शेरबहादुर देउवाले बजेट पारित भएको दोस्रो दिनमा नागरिकता विधेयक संसद्मा टेबल गर्ने प्रतिबद्धता जनाएसँगै विधेयकले निचोड पाउने सम्भावना छ । 

शुक्रबारको कार्यक्रममा सहभागी सत्तारुढ दल नेपाली कांग्रेसका राष्ट्रिय सभा सचेतक अनिता देवकोटाले हाम्रो आमाको नाममा नागरिकता दिन नसक्नुले महिला अधिकार खोसिएको मात्र होइन युवा पुस्ताको भविष्य जोखिममा परेको बताइन् । उनले आफूले कानुनमन्त्रीसँग संवाद गरेको भन्दै नागरिकता विधेयकमा देखिएको अन्योल समाप्त पार्नुपर्ने बताइन् । “नीति तथा कार्यक्रममा नागरिकता विधेयक ल्याउने भनेको छ । छोराले विदेशी केटी ल्याउने र छोरीले विदेशी केटो ल्याउने विषयले राज्यव्यवस्था परामर्श समिति बैठकमा लामो समयसम्म अड्किएर बस्यो । अहिले प्रतिनिधिसभामा छ । मैले नै कानुनुमन्त्रीसँग बसेर कुरा गरेको छु अघि बढ्छ भनेर भन्नुभएको छ,” उनले भनिन् । 

यस्तै, सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) सांसद् समिना हुसेनले राज्यले जनतालाई नागरिकताविहीन बनाएर अन्याय गरिरहेको धारणा राखिन् । आफूले संसद्मा मात्र होइन काननु, न्याय र मानवअधिकारसम्बन्धी समितिमा पनि कुरा पटक–पटक नागरिकताको कुरा उठाए पनि नागरिकता पाउन अनशन बस्नुजस्तो दुःख त र अन्यायको चरम पराकाष्ठा भएको धारणा राखिन् । 

“नागरिकता नदिएर राज्यले अन्याय गरेको छ । सडकदेखि संसद्सम्म हामीले कुरा उठाएका छौँ । संविधानमै नागरिकता दिने भनेपछि आमाको नाममा दिन किन मिल्दैन ?,” हुसेनले भनिन्,“ काननुन न्यान र मानवअधिकारसम्बन्धी समितिमा पनि कुरा पटक उठाएकै छु । नागरिकता पाउन अनसन बस्नुजस्तो दु:ख  र अन्याय अरू हुन सक्दैन । पीडितहरूलाई शिर्ष नेताहरूसँग राखेर उनीहरूको कुरा सुनाउनुहोस् ।” 

यस्तै, सांसद यशोदा सुवेदीले पितृसत्तावादी सोचका कारण आमाको नामबाट नागरिकता पाउनबाट नौ लाख युवापुस्ता नागरिकताबाट वञ्चित हुनुपरेको जानकारी दिइन् । उनले कर्मचारीतन्त्र पनि स्वार्थी भएका कारण नागरिकता वितरण पेचिलो भएको बताइन् । “यो पितृसत्तावादी समाज, विभाजित दलीय राजनीति, स्वार्थी कर्मचारीतन्त्रका कारण यो पेचिलो बनेको हो । धेरै लडेर आमा वा बुबा भनेर लेख्न सकियो, तर अझै पनि समस्या उस्तै छ । नौ लाखभन्दा बढी युवापुस्ता अनागरिक छन्,” उनले भनिन् । 

जसपा सांसद प्रमिला यादवले ९ लाख युवा पुस्तालाई आमाको नाममा नागरिकता नदिएर राज्यले के गर्न खोजेको भन्दै प्रश्न उठाइन् । उनले विदेशीसँग बिहे गर्दा सात वर्षसम्म नागरिकता नदिने व्यवस्था व्यावहारिक नभएको भन्दै विदेशी बुहारीलाई नागरिकता नदिँदा उल्टै देशलाई घाटा भइरहेको बताइन् । यस्तै, सांसद लक्ष्मी चौधरीले आमाको विषयमा नागरिकता दिने व्यवस्था संविधानले गरेको भन्दै विधेयक पास गर्न दबाब बढाउनुपर्ने समय आएको बताइन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ३, २०७९  १३:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro