काठमाडौं । सांसद रेखा कुमारीले एसपीपी सम्झौता भएर नेपालमा अमेरिकी सेना आए त्यसको जवाफदेहिता कसले लिने भन्दै प्रश्न गरेकी छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले एमसीसी पारित गराउन लागिपरेका सांसद गगन थापाले ‘अमेरिकी सेना आए चारपाटा मोडेर थानकोट कटाउनु, टुँडिखेलमा झुन्ड्याउनु भनेको’ भन्दै अमेरिकी सेना आए उसलाई टुँडिखेल हस्तान्तरण गर्ने कि आफू टुँडिखेलमा झुन्डिने ? भनी प्रश्न गरिन् ।
“एसपीपीले नेपाली सेनाजस्तै अमेरिकी सेनालाई व्यवहार गर्नुपर्ने भनिएको छ । नेपालमा अमेरिकी सेना आउँदैन भनिएको थियो,” उनले भनिन्, “यदि, आयो भने चारपाटा मोडेर थानकोट कटाउनु, टुँडिखेलमा झुन्ड्याउनु भनेर एकजना सत्तापक्षको सांसदले भन्नुभएको थियो । अब अमेरिकी सेनालाई टुँडिखेल हस्तान्तरण गर्ने कि आफू टुँडिखेलमा झुन्डिने ?”