site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
विदेश
Global Ime bankGlobal Ime bank
युक्रेनमा तत्काल रुसी युद्ध अपराध पुष्टि गर्न असम्भव : संयुक्त राष्ट्र संघ
SkywellSkywell

किभ । संयुक्त राष्ट्रसंघीय युक्रेनी आयोगले रुसी सेनाद्वारा मानव अधिकार हननका अनेक आरोपहरू प्राप्त भएको तर ती युद्ध अपराध हुन् वा होइनन् हतारमा निष्कर्षमा पुग्न नहुने बताएको छ ।

आयोगका अध्यक्ष एरिक मोसेले किभमा आयोजित पत्रकार सम्मेलनमा भने, “बुचा र इर्पिनमा आयोगले आम नागरिकको अन्धाधुन्ध हत्या, सम्पत्तिको विनाश र लुटपाटका साथै विद्यालयलगायत पूर्वाधारमा आक्रमण भएको जानकारी प्राप्त भएको छ ।”

Dabur Nepal
NIC Asia

उनले भने, “खारकिभ र सुमी क्षेत्रका ठूला सहरी केन्द्रहरूको विनाशको अवलोकन गरेको छ । अध्ययनले हवाई आक्रमण, आम नागरिकविरुद्धका आक्रमण वा क्षेप्यास्त्र हमला भएका भन्ने बलिया आधारहरू भेटाएको छ ।”

तर, मोसेले मार्चमा किभ नजिकै घटेका घटनाहरूको पूर्ण कानूनी आधार प्रदान गर्ने स्थितिमा संयुक्त राष्ट्रसंघ अहिले नभएको बताए । उनले भने, “आयोगले संकलन गरेको प्रमाणहरू युद्ध अपराध र मानवताविरुद्ध अपराधसहित मानवअधिकार उल्लङ्घनका आरोपहरूलाई पुष्टि गर्नसक्ने आधारहरू बन्न सक्छन् ।”

बुचा, इर्पिन, खार्किभ र सुमिको भ्रमणका क्रममा आयोगले नागरिकबाट साक्षी बयान संकलन गर्नुका साथै स्थानीय अधिकारी तथा नागरिक समाजका संगठनहरूसँग पनि भेटघाट गरेको थियो । आयोगका सदस्य पाब्लो डे ग्रिफले भने, “उदाहरणका लागि आम विनाशको साक्षी दिनु वा जानाजानी हत्याको विवरण प्राप्त गर्नु एउटा कुरा हो, तर यी तथ्यहरूको कानुनी आधारसहित निर्णयमा आउनु अर्कै कुरा हो ।”

युक्रेनमा फेब्रुअरी र मार्चमा भएका घटनाहरूको जाँच गर्ने जिम्मेवारी पाएको आयोग आगामी महिना आफ्नो कामलाई निरन्तरता दिन स्वदेश फर्कनेछ । संयुक्त राष्ट्रसंघको अनुगमन युक्रेनमा संभावित युद्ध अपराधको विभिन्न अन्तर्राष्ट्रिय अनुगमनहरूमध्ये एक हो । यसमा अपराध मामिला हेर्ने अन्तरराष्ट्रिय अदालत (आईसीसी) द्वारा खोलिएको एउटा जाँच पनि समावेश छ जसको अभियोजनकर्ता करीम खान हालै खारकिभ गएका थिए । 

युक्रेनका महाधिवेशन जनरल इरिना भेनेडिक्टोभाले बुधबार भने, “वकिल खानले अपराध स्थलको सावधानीपूर्वक अनुगमन तथा जानकारी सङ्कलन गर्दै छन् र हाम्रा अभियोजनकर्ताहरूलाई महत्वपूर्ण प्रश्नहरू सोधिरहेका छन् ।”

खानले खार्किभ छिमेकमा रहेको एक बस्तीमा भ्रमण गरी एकै स्थानमा केटाकेटीसहित नौ जना सर्वसाधारणको मृत्यु हुनेगरी भएकोे आक्रमणबारे अनुसन्धान गरिरहेकाे बताइएको छ । उक्त आक्रमणमा पाँच महिने बालकसहित मे २६ मा भएको बम विस्फोटनमा घाइते भएका अन्य १७ जनाबारे पनि अनुसन्धान भइरहेको छ । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १, २०७९  २३:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro