site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘कुमारी आमा’ निहारिकालाई न्याय दिन सांसदको माग
फाइल तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका महिला सांसदहरूले ‘कुमारी आमा’ निहारिका राजपूतको न्यायका लागि माग गरेका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सचेतक पुष्पा भुसाल र सांसद डा. डिला संग्रौला पन्तले निहारिका राजपूतलाई न्याय दिन माग गरेका हुन् । उनीहरूले बलात्कार मुद्दामा हदम्याद हटाउन पनि माग गरे ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

“निहारिका घटनाले राज्यको दायित्व बढाएको छ, छिटो न्याय दिन के कस्तो रणनीति अपनाएको छ, बलात्कार घटाउन र अपराधीलाई निरुत्साहित गर्न बलात्कारसम्बन्धी हदम्याद घटाउन जरुरी छ,” भुसालले भनिन् ।

सांसद् संग्रौलाले ढिलो न्याय दिनु भनेको न्याय नदिनु भएको भन्दै राजपूतलाई न्याय दिन आग्रह गरिन् । “कुमारी आमा बच्चा च्यापेर न्याय मागिरहेकी छन्, उनले आफू १७ वर्षमा बलात्कृत भएको भनेकी छन्,” संग्रौलाले भनिन्, “न्याय ढिला हुनु भनेको न्याय नपाउनु हो । न्यायलाई छिटो बनाउन आग्रह गर्दछु । कुमारी आमालाई न्यायका लागि अपिल गर्दछु ।”

Royal Enfield Island Ad

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)की सांसद थममाया थापाले पनि निहारिकालाई न्याय दिन सरकारसँग माग गरेकी छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले शिशुलाई दूध चुसाउँदै अनशन बस्ने कुरा लाजमर्दो भएको भन्दै न्यायको माग गरेकी हुन् ।

०७६ साल कात्तिकमा १७ वर्षकी हुँदा जनकपुरका शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर बलात्कार गरेको भन्दै निहारिका अनशनरत छिन् । बलात्कारपछि जन्मिएको बच्चा २१ महिनाका हुँदा पनि न्याय नपाएको निहारिकाको भनाइ छ । आज अनशनको छैटौँ दिनसम्म आइपुग्दा निहारिकाको स्वाथ्य कमजोर बन्दै गएको छ ।

निहारिकाको मुद्दामा धनुषा जिल्ला अदालतले ०७८ माघ २४ गते श्रेष्ठको पक्षमा फैसला गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १, २०७९  १२:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro