site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन नभएसम्म एमालेले संसद् चल्न नदिने !
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेकपा (एमाले)ले अर्थमन्त्री जनार्दन शर्मा विवादमा तानिएको विषयमा छानविन गर्न संसदीय समिति गठन नभएसम्म संसद् चल्न नदिने बताएको छ । मंगलबार एमालेका प्रमुख सचेतक विशाल भट्टराईले प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री शर्माको राजीनामा माग्दै छानविनका लागि संसदीय समिति गठन हुनुपर्ने माग गरेका हुन् ।

छानविन समितिबाट अर्थमन्त्रीलाई लागेको आरोप गलत सावित भएमा आफूहरू पछि हट्न तयार रहेको उनले बताए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

"पहिले नै अर्थमन्त्रीको राजीनामा आइसक्नुपर्थ्यो । अब सभामुखको अग्रसरतामा एउटा संसदीय समिति गठन होस् । उहाँ सही सावित हुनुभएछ भने हामी पछि हटौँला । म एमालेको तर्फबाट भन्न चाहन्छु, संसदीय छानविन समिति गठन भएपछि मात्रै यो सदन अगाडि बढ्छ," भट्टराईले भने । 

त्यसपछि सभामुखले बुधबार बिहान ११ बजे बस्नेगरी बैठक स्थगित गरेका थिए ।

Royal Enfield Island Ad

जेठ १४ गते राति बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिले भनेको आधारमा करमा हेरफेर गरिएको आरोप लागेपछि उनी विवादमा तानिएका हुन् ।

अर्थमन्त्री शर्माले भने आफूमाथि लागेको आरोपको खण्डन गर्दै आएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ३१, २०७९  १७:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro