site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वर्षाले दैनिक सिसडोलमा रोकिन्छन् फोहोरका ट्रक, ३० हजार मेट्रिक टन फोहोर उठाउन बाँकी 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । वर्षाका कारण काठमाडौं उपत्यकाको फोहोर विसर्जनस्थलसम्म पुर्‍याउन दैनिक समस्या भएको छ । पुरानो ल्यान्डफिल साइट नुवाकोट सिसडोलस्थित कच्ची सडकखण्डमा फोहोरका ट्रक ‘ब्गक’ हुँदा फोहोर लैजान समस्या भएको हो । 

काठमाडौं महानगरपालिका वातावरण व्यवस्था विभागकी प्रमुख सरिता राईका अनुसार आज फोहोर उठाउन थालिएको पाँचौँ दिन हो । उनले उपत्यकाभरिको फोहोर उठाउन कम्तीमा १५ दिन लाग्ने बताइन् । “फोहोर लैजाने ट्रकहरू सिसडोल पुगेर रोकिनुपर्छ । कच्ची सडक पार गर्न मुस्किल हुन्छ । वर्षा हुँदा त झनै समस्या हुन्छ,” प्रमुख राईले भनिन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

विभागका अनुसार गएरातिको वर्षाका कारण फोहोर लैजाने र फर्किने ट्रकहरू सिसडोलका रोकिएका छन् । “वर्षा नभएको अवस्था भए फोहोर उठ्न कति दिन लाग्छ भनेर भन्न सकिन्थ्यो । दैनिक समस्या आएकाले भन्न सकिने अवस्था छैन,” उनले भनिन् ।  

काठमाडौं उपत्यकाबाट दैनिक १५०० मेट्रिक टनका दरले ट्रकहरूले फोहोर उठाएर विसर्जन स्थलसम्म पु¥याउँछन् । पुरानो ल्यान्डफिल साइट सिसडोलको अस्तव्यस्त सडक छिचोलेर जानुपर्ने भएकाले भनेजति फोहोर उठ्न नसकेको उनले बताइन् ।स्थानीयको मागअनुसार सहरी विकास मन्त्रालयले असार पहिलो साताभित्र सडक पिच गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो । सडक पिच गर्नका लागि मन्त्रालयले निर्माण कम्पनी छनोट गरिसकेको विभागले जनाएको छ । 

Royal Enfield Island Ad

वर्षाकै कारणले गर्दा सडक पिच हुन नसकेको अवस्थामा उपत्यकाको फोहोर उठाउन झनै समस्या निम्तिने जोखिम रहेको प्रमुख राईको भनाइ छ । काठमाडौंमा उठाउन बाँकी रहेको फोहोर फोहोर काठमाडौं उपत्यकाका चोक गल्लीमा बर्खाको पानीसँगै बगिरहेको छ । केही दिन पहिले धादिङ र नुवाकोटबासीले उपत्यकाको फोहोर व्यवस्थापनका रोक लगाउँदै आन्दोलन गरेका थिए । स्थानीयको अवरोधकैबीच प्रहरीको सुरक्षामा केही टन फोहार विसर्जनस्थलसम्म पुर्‍याइएको थियो । 

मानिस र फोहोर सँगै बस्न नहुने, बन्चरेडाँडास्थित बस्तीहरूलाई ३–४ हजार मिटर पर सार्नुपर्ने, फोहोरलाई कुहिने र नकुहिने छुट्याएर मल कारखाना शुरुवात गर्नुपर्ने, गुठीको जग्गा ९० प्रतिशत उपभोग गर्न पाउनुपर्ने स्थानीयका मागहरू कायमै छन् । 
फोहोर व्यवस्थापनको विषयमा प्रतिनिधिसभा बैठकमा बहस चलेको थियो । फोहोर व्यवस्थापनको दीर्घकालीन व्यवस्थापन गर्न कांग्रेस प्रवक्ता प्रकाशशरण महत, कांग्रेस नेता गगनकुमार थापाले यो विषयलाई प्रतिनिधिसभामा पेस गर्ने प्रतिबद्धतासमेत दिएका थिए । 

गत सोमबार र शुक्रबार सहरी विकासमन्त्री झाँक्री, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन), उपमेयर सुनीता डंगोल स्थानीय जनप्रतिनिधिबीच फोहोर फाल्न दिने सहमति भएको थियो । सहमतिअनुसार मन्त्रालयले प्रभावित पाँच क्षेत्रका लागि आर्थिक वर्ष २०७९÷०८० मा ४२ करोड ५० लाख रुपैयाँ, नदी नियन्त्रण, सामुदायिक भवन र मन्दिर निर्माण तथा वृक्षारोपण कार्यका लागि १ करोड ७० लाख विनियोजन गरेको थियो । 
 
जग्गा अधिग्रहण गर्न वातावरणीय प्रभाव मूल्याङ्नको प्रतिवेदन प्राप्त भएपछि प्रक्रिया थालनी गरी प्रतिवेदनका आधारमा स्थानीयका लागि १० बेडको अस्पताल सञ्चालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गर्ने, ६ महिनाभित्र सिसडोलको पोस्ट क्लोजरको प्रक्रिया सुरु गर्ने सहमति भएको थियो ।
 
त्यस्तै, महानगरले १ हप्ताभित्र धुनिबेँसी नगरको वडा १, ३ र ४ तथा ककनी गाउँपालिकाको वडा नं. १, २ र ३ प्रभावित क्षेत्रका स्थानीयबासीको स्वास्थ्य बिमा गर्ने सहमति भएको थियो । यी सहमतिपछि पनि स्थानीयको आन्दोलन नरोक्दा पुन राति फोहोर लैजाने सहमति भएको थियो । सडक, बत्ती लगायतका पूर्वाधारहरू नबनेसम्म रातिको समयमा फोहोर लैजान नसकिने महानगरले जनाएको छ । 

तत्काल ट्रकहरूले स्यानिटरी ल्यान्डफिल साइट बन्चरेडाँडामा सिसडोलजस्तो अव्यवस्थित तरिकाले फोहोर फालिरहेका छन् । महानगरले साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर छुट्याएर वैज्ञानिक तरिकाले फोहोर व्यवस्थापन गरिने जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ३१, २०७९  १३:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro