site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
बोलेरोको ठक्करबाट एकजनाको मृत्यु, ६ घाइते
प्रतीकात्मक तस्बिर ।
SkywellSkywell

जलेश्वर । महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–३ मा गए राति टेम्पोलाई बोलेरो पिकअपले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा बर्दिबास नगरपालिका–३ का २६ वर्षीया कुन्ता ढुंगेल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । घाइते ढुंगेलको जनकपुरस्थित काव्या अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

Dabur Nepal
NIC Asia

सोही घटनामा परेर टेम्पो चालक बर्दिबास–३ का ४५ वर्षीय ओमबहादुर लुंगेली, सोही ठाउँ बस्ने ४२ वर्षीय यादवकुमार ढुंगेल, २९ वर्षीया पवित्रा आचार्य, आठ वर्षीया करिष्मा ढुंगेल, सिन्धुली जिल्ला दुधौली नगरपालिका–२ का ३५ वर्षीय पुरुषोत्तम चालिसे र ३९ वर्षीया पवित्रा चालिसे  घाइते भएका छन् । उनीहरूको बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचार भइरहेको छ ।

गए राति बर्दिबास–३ स्थित स्मृतिपार्कनजिकैबाट पाटुतर्फ जाँदै गरेको ज१ह ३५०१ नम्बरको टेम्पोलाई विपरीत दिशाबाट आउँदै गरकोे नम्बर नखुलेको बोलेरो पिकअपले ठक्कर दिँदा दुर्घटना भएको थियो । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ३१, २०७९  १०:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro