अर्थ व्यवसाय
काठमाडौं । ग्लोबल आईएमई बैंक स्वस्थ नारी पहल अभियानअन्तर्गत निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना गरेको छ । बैंकले पश्चिम रुकुमको मुसीकोट नगरपालिका–७ स्थित साँख स्वास्थ्य चौकीमा उक्त शिविर सञ्चालन गरेको जनाएको छ ।
उक्त स्वास्थ्य शिविरमा स्त्रीरोग विज्ञहरूले स्त्रीरोग सम्बन्धी विभिन्न सेवाहरू निःशुल्क रूपमा उपलब्ध गराएका छन् । १५० जना भन्दा बढी महिलाहरू शिविरबाट प्रत्यक्षरूपमा लाभान्वित भएका बैंकले जनाएको छ ।
बैंकले आयोजना गरेको उक्त शिविर नेपाल परिवार नियोजन संघ दाङको प्राविधिक सहयोग र मुसीकोट नगरपालिकाको साझेदारी रहेको जनाएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ ३०, २०७९ १८:००
प्रतिक्रिया दिनुहोस्