site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकारलाई संसद्को निर्देशन– सबै उपाय लगाएर किसानलाई मल उपलब्ध गराउनू
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । संसद्ले किसानलाई समयमै मल उपलब्ध गराउन सरकारलाइ निर्देशन दिएको छ ।

नेकपा (एमाले)का सांसद विशाल भट्टराईसमेतले दर्ता गरेको अन्यन्त जरुरी सार्वजनिक महत्वको स्थगन प्रस्तावमाथिको छलफलपछि सभामुख अग्निप्रसाद सापकोटाले संसद्कोतर्फबाट कृषिमन्त्री महेन्द्र राय यादवलाई समयमै मल उपलब्ध गराउन निर्देशन दिएका हुन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

त्यसअघि कृषिमन्त्री यादवले सदनमा उठेका प्रश्नको जवाफ दिएका थिए । एमाले सांसद भट्टराईसहितले राखेको प्रस्तावमा ४८ सांसदले भाग लिएपछि त्यसमा उठेका प्रश्नको जवाफ कृषिमन्त्री यादवले दिएका थिए ।

मन्त्रीको जवाफपछि सांसद र सरकारको समान धारणा रहेको भन्दै सम्भाव्य सबै उपाय लगाएर किसानलाई समयमै मल उपलब्ध गराउन निर्देशन दिने प्रस्ताव सभामुखले निर्णयार्थ प्रस्तुत गरेका थिए । सभामुखले राखेका प्रस्ताव सदनले सर्वसम्मत पारित गरेको हो । 

Royal Enfield Island Ad

“रासायनिक मल कृषि उत्पादन वृद्धिका लागि अत्यावश्यक रहेको र हाल प्रमुख बालिका रूपमा रहेको धान बाली लगाउने समयमासमेत रासायनिक मल उपलब्ध नभएका विषयमा यस सदनको गम्भीर ध्यानाकर्षण भएको छ । कुल ग्राहस्थ उत्पादनमा २५ प्रतिशत योगदान दिने कृषि क्षेत्रका समस्या समाधान गर्ने कार्यलाई प्राथमिकता दिँदै अत्यावश्यक रासायनिक मल कृषकलाई सहज रूपमा उपलब्ध गराउनका लागि सम्भाव्य सबै उपाय अवलम्बन गरी कार्यसम्पादन गर्न प्रतिनिधिसभाको यो बैठक नेपाल सरकारलाई निर्देश गर्दछ,” सभामुखले प्रस्ताव राख्दै भनेका थिए ।


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ३०, २०७९  १७:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro