site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
रुससँग इन्धन किन्न श्रीलंका तयार
श्रीलंकाली प्रधानमन्त्री रनिल विक्रमसिङ्घे । तस्बिरः एपी ।
SkywellSkywell

काेलम्बाे । चरम आर्थिक सङ्कट सामना गरिरहेको श्रीलंकाले रुससँग इन्धन खरिद गर्न आफू बाध्य हुनसक्ने बताएको छ ।

एसाेसिएटेड प्रेससँगको अन्तर्वार्तामा प्रधानमन्त्री रनिल विक्रमसिङ्घेले अन्य स्रोतबाट इन्धनको जोहो गर्ने आफ्नो प्रयत्न हुने जनाउँदै रुसी तेल खरिद गर्न आफू खुला रहेको बताएका छन् ।

Dabur Nepal
NIC Asia

युक्रेन आक्रमणको विरोधमा पश्चिमा राष्ट्रले मस्कोमाथि कडा प्रतिबन्ध लगाएर उसबाट ऊर्जा आयात बन्द गरेका बेला प्रधानमन्त्री विक्रमसिङ्घेले रुसी तेल किन्न आफू खुला रहेको बताएका हुन् ।

बाह्य ऋण बढिरहेको भए पनि उनले चीनबाट थप आर्थिक सहयोग प्राप्त गर्न आफू इच्छुक रहेको बताएका छन् ।

आफ्नै कारणले आर्थिक सङ्कट सामना गरिरहेको श्रीलंकालाई युक्रेन युद्धले अझ प्रभावित पारेको बताउँदै आफ्नो देशले आगामी दुईवर्षसम्म गम्भीर खाद्यान्न अभाव झेल्नुपर्ने सम्भावित परिस्थितिप्रति चिन्ता व्यक्त गरे ।

विदेशीमुद्रा सञ्चिति लगभग रित्तिएको श्रीलंकालाई आर्थिक सङ्कटबाट पार लगाउन राष्ट्रपति गोटावाया राजपाक्षले प्रधानमन्त्री नियुक्त गरेका विक्रमसिङ्घे अर्थमन्त्री पनि हुन् । रासस/एपी

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २९, २०७९  १८:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu