site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इजरायली अदालतको फैसलापछि ठुलो संख्यामा प्यालेस्टाइनी नागरिक विस्थापित हुँदै
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

वेस्ट ब्यान्क । इजरायल र प्यालेस्टाइनको विवादित क्षेत्र वेस्ट ब्यान्कको मसाफर यातामा बस्ने करिब एक हजार २०० प्यालेस्टाइनी नागरिक विस्थापित हुने भएका छन् ।

गत महिना इजरायली सेनाका लागि फायरिङ क्षेत्रको बाटो बनाउने भन्दै अदालतले फैसला गरेपछि प्यालेस्टाइनीहरूलाई त्यहाँबाट जर्बजस्ती हटाउन लागिएको बेलायती समाचार संस्था रोयटर्सले जनाएको छ । उक्त मुद्दा इजरायलको सर्वोच्च अदालतमा एक दशकभन्दा लामो समय चलेको थियो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

सन् १९६७ मा मध्यपूर्वको युद्धमा इजरायलले प्यालेस्टाइनका भूभाग कब्जा गरेपछि यो नै सबैभन्दा ठुलो विस्थापित घटना हुन पुगेको छ । तर त्यहाँ बस्ने प्यालेस्टाइनीहरू आफ्नो लचिलो व्यवहार र अन्तर्राष्ट्रिय दबाबले इजरायलले विस्थापित गर्नबाट रोक्ने आशा गर्दै बासस्थान छोड्न अस्वीकार गरिरहेका छन् । 

“उनीहरू बस्ती निर्माण गर्नका लागि हामीबाट यो जग्गा लिन चाहन्छन्,” वाधा अयुब अबु सभा बस्तीहरूको एउटा समूह अल–फखेतका बासिन्दाले भनिन्, “तर हामी जाँदैनौँ ।”

Royal Enfield Island Ad

सन् १९८० मा इजरायलले उक्त क्षेत्रलाई ‘फायरिङ जोन ९१८’ भनेर चिनिने सैन्य क्षेत्र घोषणा गरेको थियो । इजरायल–वेस्ट ब्यान्क सीमासम्म फैलिएको ३,००० हेक्टर जमिन प्रशिक्षण उद्देश्यका लागि अत्यधिक महत्वपूर्ण रहेको र त्यहाँ बस्ने प्यालेस्टाइनीहरू मौसमी रूपमा बस्ने अस्थायी बासिन्दा भएको अदालतमातर्क गरिएको थियो । 

दक्षिण हेब्रोन पहाड पर्ने उक्त भागमा रहेका समुदायहरू परम्परागत रूपमा भूमिगत गुफाहरूमा बस्ने गर्दथे । विगत दुई दशकदेखि उनीहरूले जमिनमाथि टिनको छाप्रो  र साना कोठाहरू बनाइ बसेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २९, २०७९  १४:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro