site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मधेसमा समृद्धिको आधार कृषि  : मुख्यमन्त्री राउत 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले समृद्धिको मुख्य आधार कृषि भएको बताएका छन् । महोत्तरी चेम्बर अफ कमर्सले शनिबार साँझ बर्दिबासमा आयोजना गरेको ‘युवा उद्यमशीलतामा स्थानीय सरकारको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले कृषिलाई मुख्य प्राथमिकतामा राखी समृद्धिको बाटो फराकिलो बन्न सक्ने बताएका हुन् । 

प्रदेशको आर्थिक अग्रगतिको मुख्य आधार कृषि भएको हुँदा यसको आधुनिकीकरण र सुविधा वृद्धि पहिलो आवश्यकता बनेको राउतको भनाइ छ । समयमा मलखाद, बीउबिजन र सिँचाइको सुविधा पु¥याउन सके किसानको जीवनस्तरमा सुधार र मुलुकको आर्थिक उन्नतिमा टेवा पुग्ने उनले बताए । तर, मलखाद समयमा नपाएर किसानले खेतीका बेला बर्सेनि रुने अवस्था दुःखदायी रहेको उनको भनाइ छ । 

Agni Group
NIC Asia

“कृषि समृद्धिको मुख्य आधार भन्ने कुरामा सबै सहमत छौँ, तर मलखाद, बीउबिजन समयमा किसानलाई दिनसकेका छैनौँ”, मुख्यमन्त्री राउतले भने, “सङ्घीय सरकारले समयमा कृषि सामग्री उपलब्ध गराउन नसकेपछि अब यसको आपूर्तिको जिम्मा प्रदेश सरकारलाई दिनुपर्छ ।” आपूm कहिल्यै समयमा मलखादको प्रबन्ध गर्न नसक्ने र त्यो अभिभारा विकेन्द्रित पनि नगर्ने सङ्घीय सरकारको अड्डीले कृृषि सामग्रीको आवश्यकता समयमा परिपूर्ति हुन नसकेको राउतको भनाइ छ ।  

मुख्यमन्त्री राउतले मुलुकमै कृषि उद्योग स्थापनाका लागि लगानी बढाउने वातावरण सरकारले बनाउनुपर्ने र यसका लागि युवा जनशक्तिलाई सीप र साधनयुक्त बनाउने कुरामा चेम्बर अफ कमर्स र उद्योग वाणिज्य सङ्घजस्ता संस्थासँग हातेमालो गर्न तयार रहेको बताए । 

Global Ime bank

कार्यक्रम नेपाल चेम्बर अफ कमर्स महोत्तरीका अध्यक्ष सुधीर अग्रवालको अध्यक्षतामा सम्पन्न भएको हो । रासस
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २९, २०७९  ०६:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय