राजनीति
काठमाडौं । उपत्यकाको फोहोर व्यवस्थापनको सम्बन्धमा सहरी विकास मन्त्रालय र स्थानीयबीचको वार्ता सकिएको छ । वार्तामा सामान्य छलफल भएको तर कुनै पनि निर्णय नगरिएको मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्रीसहित बेलुका फेरि वार्ताका लागि बोलाइएको बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिका अध्यक्ष श्रीराम ढुंगानाले जानकारी दिए । “अहिले सामान्य छलफल मात्रै भयो । सम्बन्धित सरोकारवाला निकायसँग छलफल गरेर बेलुका केही निर्णय हुनसक्ने भनिएको छ,” उनले भने ।
वार्तामा स्थानीय, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलगायत सरोकारवाला निकायको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: शुक्रबार, जेठ २७, २०७९ १२:२९
प्रतिक्रिया दिनुहोस्