site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अमेरिकामा सैन्य विमान दुर्घटना, चारजनाको मृत्यु
Siddhartha BankSiddhartha Bank

वासिङटन । अमेरिकाको एरिजोनाको सिमाना नजिकको इम्पेरियल काउन्टीमा  बुधवार एउटा सैनिक विमान दुर्घटना हुँदा चारजनाको ज्यान गएको छ । थर्ड मरिन एयरक्राफ्टका प्रवक्ता कर्पोरल साराह मार्सलले एमभी–२२ बी ओस्प्री विमान दुर्घटनामा परेको जानकारी दिएकी छन् । 

सामाजिक सञ्जालमा राखिएका प्रतिवेदनहरू र आपत्कालीन उद्धार सेवाका सदस्यहरूले घटनास्थलबाट सुुरुमा रेडियो कलमार्फत गराएको जानकारी विपरीत सो विमानमा कुनै पनि आणविक पदार्थ नरहेको उनले बताएकी छन् । ओस्प्री ग्लामिस डुनेस नजिकको कोचेल्ला क्यानल रोड हाइवे ७८ वरपर खसेको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

सैन्य अधिकारीहरूले कसैको मृत्युबारे कुनै पुष्टि गर्न नसके पनि परिचय नखुलाउने शर्तमा संघीय सुत्रले सो विमानमा पाँचजना सैनिक सवार रहेकोमा चारजनाको मृत्यु भएको जानकारी दिएको हो । हेलिकोप्टर जस्तै उड्न र अवतरण पनि गर्न सक्ने ओस्प्री अन्य सामान्य विमान जस्तै पनि उड्न सक्छ । 

लस एन्जेल्स टाइम्सबाट ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २६, २०७९  २२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय