site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
विदेश
Global Ime bankGlobal Ime bank
भाजपाबाट निष्कासित शर्माको स्पष्टीकरण– अभिव्यक्ति फिर्ता लिन तयार छु
SkywellSkywell

नयाँ दिल्ली । सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)का एकजना वरिष्ठ अधिकारीले पैगम्बर मोहम्मदबारे विवादास्पद टिप्पणी गरेपछि भारत डरलाग्दो कूटनीतिक झमेलामा फसेको छ । 

दस दिनअघि नुपूर शर्माले एउटा टेलिभिजन बहस कार्यक्रममा पैगम्बरबारे दिएको अभिव्यक्तिका कारण भारतीय मुस्लिम  समुदाय आक्रोशित बनेको छ । अर्कोतिर विश्वका एक दर्जन भन्दा मुस्लिम मुलुकले पनि शर्माको कडा आलोचना गरेका छन् । 

आइतबार भाजपाले नुपूरलाई पार्टीको सदस्यताबाट निलम्बन गरिसकेको छ । पार्टीको दिल्ली मिडिया युनिटका अध्यक्ष नवीन कुमार जिन्दाललाई पनि नुपूरको आपत्तिजनक टिप्पणीको स्क्रिनसट ट्विटरमा सेयर गरेकाले पार्टीबाट निष्कासित गरिएको छ । 

Dabur Nepal
NIC Asia

भाजपाद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “हाम्रो पार्टी कुनै सम्प्रदाय वा धर्मको अपमान वा होच्याउने कुनै पनि सिद्धान्त र दर्शनको विरोधमा रहेको छ र पार्टीले यस्ता मानिस वा दर्शनलाई प्रवर्द्धन गर्दैन ।"

आक्रोशित मुस्लिम मुलुकहरूलाई शान्त पार्ने उद्देश्यले भारतीय कूटनीतिज्ञहरूले शर्माको टिप्पणीले सरकारको अडानलाई प्रतिविम्बित नगर्ने बताएका छन् । त्यस्ता अभिव्यक्तिहरू अतिवादी तत्वहरूको दृष्टिकोण मात्रै भएको उनीहरूको भनाइ छ । 

तर, अधिकांशले ३७ वर्षिया वकिल शर्मा कुनै अतिवादी व्यक्ति नभएको औँल्याएका छन् ।

निलम्वित नहुन्जेल भाजपाका प्रवक्ता शर्मा प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारको प्रतिनिधित्व र वकालत गर्न पटकपटक टेलिभिजन बहस कार्यक्रममा देखिने गरेकी थिइन् । दिल्ली विश्वविद्यालयमा कानुन विषयकी विद्यार्थी शर्माले सन् २००८ मा राजनीतिक करियर सुरु गरेकी थिइन् । 

पार्टीबाट निष्कासित गरिएपछि उनले एक विज्ञप्तिमार्फत विना सर्त आफ्नो टिप्पणी फिर्ता लिने बताएकी छन् । तर, उनले हिन्दूहरूको भगवान शिवप्रतिको निरन्तर अपमान र दुर्व्यवहार भइरहेको कारण आफूले त्यस्तो टिप्पणी गर्नुपरेको भन्दै आफ्नो कार्यको प्रतिरक्षा गर्ने प्रयास पनि गरेकी छन् ।

बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २५, २०७९  ०४:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro