site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
लगातार आठौँ दिन पनि नेप्सेमा गिरावट, बजेटपछि मात्रै २०० अंकले घट्यो
Siddhartha BankSiddhartha Bank

काठमाडौं । आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट सार्वजनिक भएपछि मात्रै  अर्थतन्त्रको ऐना मानिने सेयर बजार परिसूचक नेप्सेमा २०० अंकभन्दा माथिले घटेको छ । जेठ १५ गते आइतबार अर्थमन्त्री शर्माले बजेट प्रस्तुत गर्दा २२२३.७८ अंकमा रहेको नेप्से त्यसयताको ७ कारोबार दिनमा लगातार घटिरहेको छ । समग्रमा भने आठौँ दिन पनि नेप्सेमा लगातार गिरावट भएको छ ।

साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से ४५.५९ अंकले गिरावट हुँदा २०२०.२३ अंकमा बन्द भएको छ । बजेट पछिको सात कारोबार दिनमा नेप्से २०३.५५ अंकले घटेको हो । जेठ १३ गतेयता कारोबार भएको हरेक दिन नेप्सेमा गिरावट भइरहेको छ ।  पछिल्लो ८ दिनमा मात्रै नेप्से २१९.३७ अंकले घट्यो । 
बैंकिङ प्रणालीमा लगानीयोग्य पँुजीको अभाव र अर्थतन्त्रको बाह्य क्षेत्रमा बढ्दो दबाबका बीच राष्ट्र बैंकले आगामी मौद्रिक नीति संकुचित बनाउन संकेत गरेको छ । सेयर बजारलाई प्रभाव पार्ने तरलताको चरम अभाव र ब्याजदर निरन्तर वृद्धि हुँदा पछिल्लो समय सेयर बजारमा निरन्तर रूपमा गिरावट देखिएको हो । 

Agni Group
NIC Asia

मंगलबार नेप्सेसँगै सबै उपसूचकमा गिरावट आएको छ । आजको दिन बजारमा १ अर्ब ३१ करोड २८ लाखको कारोबार भएको छ । आज कारोबार भएकोमध्ये एनआइसी एशिया बैंकको सवार्धिक ६ करोड १२ लाखको कारोबार हुँदा कुमारी बैंकको ५ करोड ८८ लाख र हिमालयन डिस्टिलरीको ३ करोड ७५ लाखको कारोबार भएको छ । 

आज दिनभर बजारमा १९६ कम्पनीका सेयर कारोबार भएकोमा १८१ कम्पनीको  सेयरमूल्य  घटेको छ । यस्तै, १५ कम्पनीको  सेयरमूल्य भने स्थिर रहेको छ । 
आज कारोबार भएकोमध्ये हालै सार्वजनिक निष्कासन भएर नेप्सेमा सूचीकृत भएका उपकार लघुवित्त र बलेफी हाइड्रोपावरको  सेयरमूल्य बढेर सकारात्मक सर्किट लेभलमा बन्द भएको छ । यस्तै माउन्टेन हाइड्रो नेपालको सेयरमूल्य ३.८२ प्रतिशतले गिरावट भएको छ । 

Global Ime bank

यता, मर्जर असफल भएर एक वर्षपछि कारोबार खुलेको हिमालयन बैंकको सेयरमूल्य लगातार दोस्रो दिन पनि घटेर नकारात्मक सर्किट लेभलमा बन्द भएको छ । यस्तै, सपोर्ट माइक्रोफाइनान्सको सेयरमूल्य ५.९९ प्रतिशतले गिरावट हुँदा समता घरेलु लघुवित्तको ५.६३ प्रतिशतले घटेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २४, २०७९  १५:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय