राजनीति
![नवलपरासीको अदालतमा गोली चल्नु गम्भीर घटना : गृहमन्त्री](https://12khari.top/uploads/posts/balkrishna-khand21642917095.jpg)
![Royal Enfield Island Ad](https://baahrakhari.com/uploads/bigyaapan/15756600.gif)
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नवलपरासी जिल्ला अदालतमा गोली चलेको घटनालाई गम्भीर घटनाका रूपमा सरकारको ध्यानाकर्षण भएको बताएका छन् ।
“नवलपरासी जिल्ला अदालतमा ३ः३० बजे गोली चल्यो । रामग्राम–३ परासीबजारका अन्दाजी वर्ष ३०का हंशराज यादवले काकी नाता पर्ने रोशनी यादवसँग जग्गाको झगडामा जिल्ला अदालत पुग्नुभयो, त्यही जिल्ला अदालतको प्रांगणमा गोली चलाउनुभयो,” खाँणले भने, “गोलीबाट कुनै पनि क्षति भएको छैन । तथापि यो ज्यादै सेन्सिटिभ र गम्भीर अपराध हो ।”
उनले हंशराज यादव त्यहाँबाट फरार रहेको भन्दै प्रहरीले उनलाई तत्काल पक्राउ गर्ने विश्वास व्यक्त गरे ।
प्रकाशित मिति: मंगलबार, जेठ २४, २०७९ १२:५४
प्रतिक्रिया दिनुहोस्